एमसीसी पास हुन्छ : सरकारका प्रवक्ता



हाम्रो इकोनोमि

 

 

सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले एमसीसीमा अलमल नगरिने बताएका छन् । ‘उपनिवेश लाद्ने गरी आयो भने कुरा बेग्लै हो । ती चिज आएकै छैनन् भने कसले के के देख्नुभएको छ, के के होला, बुझाइको दोष होला । हामी अलमलिन चाहँदैनौं’, मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘प्रधानमन्त्रज्यूले पनि बडो सुस्पष्ट भन्नुभएको छ– यो पास गर्ने हो, पास हुन्छ । केन्द्रीय कमिटी (नेकपा केन्द्रीय कमिटी)ले पास गर्छ । यत्ति हो कुरा ।’

उनका अनुसार एमसीसी एउटा परियोजना मात्र हो । ‘दुई देश (अमेरिका र भारत)ले १ खर्ब दिँदै छन् । त्यसलाई हामीले सदुपयोग गर्ने हो’, उनले भने, ‘भारतले पनि १ खर्ब त भनेको छ । उसको ७५ अर्ब ऋण हो, त्यो पनि लिने हो किनभने पुनर्निर्माणको काम जारी छ । हामीसँग एक वर्ष मात्रै बाँकी छ ।’ एमसीसी कार्यान्वयन प्रक्रियामा गइसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...