एमसीसी पास हुन्छ : सरकारका प्रवक्ता



हाम्रो इकोनोमि

 

 

सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले एमसीसीमा अलमल नगरिने बताएका छन् । ‘उपनिवेश लाद्ने गरी आयो भने कुरा बेग्लै हो । ती चिज आएकै छैनन् भने कसले के के देख्नुभएको छ, के के होला, बुझाइको दोष होला । हामी अलमलिन चाहँदैनौं’, मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘प्रधानमन्त्रज्यूले पनि बडो सुस्पष्ट भन्नुभएको छ– यो पास गर्ने हो, पास हुन्छ । केन्द्रीय कमिटी (नेकपा केन्द्रीय कमिटी)ले पास गर्छ । यत्ति हो कुरा ।’

उनका अनुसार एमसीसी एउटा परियोजना मात्र हो । ‘दुई देश (अमेरिका र भारत)ले १ खर्ब दिँदै छन् । त्यसलाई हामीले सदुपयोग गर्ने हो’, उनले भने, ‘भारतले पनि १ खर्ब त भनेको छ । उसको ७५ अर्ब ऋण हो, त्यो पनि लिने हो किनभने पुनर्निर्माणको काम जारी छ । हामीसँग एक वर्ष मात्रै बाँकी छ ।’ एमसीसी कार्यान्वयन प्रक्रियामा गइसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...