नेकपामा दिनभर केन्द्रीय कमिटी, साँझ गुट भेला



हाम्रो इकोनोमि

 

पार्टी एकताको २० महिनापछि नेकपा केन्द्रीय समितिको दोस्रो बैठक राजधानी काठमाडौंमा बुधवारदेखि शुरु भएको छ । दोस्रो बैठकको पहिलो दिन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको रक्षा गर्दै २ घण्टा लामो उद्घाटन मन्तब्य दिए भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिबेदन र महासचिव बिष्णु पौडेलले सांगठनिक र विधान संशोधन प्रस्ताव पेश गरे ।

दिनभर पार्टीको बैठकमा रहेका केन्द्रीय सदस्यहरु साँझ भने गुटगट छलफलमा केन्द्रीत भएका थिए । नेकपाभित्रका तीन समुहले आफु निकटका केन्द्रीय सदस्यहरुलाई बोलाएर छलफल गरेको स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओली समुहले एमसीसी र सरकारको रक्षाका बिषयमा उभिन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएको छ । प्रधानमन्त्री ओलीले पनि पनि उद्घाटन मन्तब्यमा आफ्नो र सरकारको बचाउन गरेका थिए ।

अर्का अध्यक्ष दाहालले पनि केन्द्रीय समितिमा कसरी प्रस्तुत हुने बिषयमा आफु निकटका नेताहरुसँग छलफल गरेका थिए । सीमा विवाद र पार्टीको बैचारिक नीतिका बिषयमा आफ्ना कुरा राख्न दाहाल समुहले निर्देशन दिएको स्रोतले बताएको छ ।

त्यसैगरी बरिष्ठ नेता माधव नेपाल समुहले पनि आफु निकटका केन्द्रीय सदस्यहरुसँग छलफल गरेको थियो । पार्टीको बैचारिक नीतिका बिषयमा बढी केन्द्रीत भएको नेपाल समुहले पार्टीको पोलिटब्यूरा गठन, एमसीसीका बिषयमा निर्देशन दिएको छ । नेपाल समुह एमसीसीका केही बुँदा सच्याएर मात्र पारित गर्नूपर्ने पक्षमा छ । ओली र दाहाल समुह भने जस्ताको तस्तै पारित गर्ने पक्षमा छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...