नेकपामा दिनभर केन्द्रीय कमिटी, साँझ गुट भेला



हाम्रो इकोनोमि

 

पार्टी एकताको २० महिनापछि नेकपा केन्द्रीय समितिको दोस्रो बैठक राजधानी काठमाडौंमा बुधवारदेखि शुरु भएको छ । दोस्रो बैठकको पहिलो दिन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको रक्षा गर्दै २ घण्टा लामो उद्घाटन मन्तब्य दिए भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिबेदन र महासचिव बिष्णु पौडेलले सांगठनिक र विधान संशोधन प्रस्ताव पेश गरे ।

दिनभर पार्टीको बैठकमा रहेका केन्द्रीय सदस्यहरु साँझ भने गुटगट छलफलमा केन्द्रीत भएका थिए । नेकपाभित्रका तीन समुहले आफु निकटका केन्द्रीय सदस्यहरुलाई बोलाएर छलफल गरेको स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओली समुहले एमसीसी र सरकारको रक्षाका बिषयमा उभिन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएको छ । प्रधानमन्त्री ओलीले पनि पनि उद्घाटन मन्तब्यमा आफ्नो र सरकारको बचाउन गरेका थिए ।

अर्का अध्यक्ष दाहालले पनि केन्द्रीय समितिमा कसरी प्रस्तुत हुने बिषयमा आफु निकटका नेताहरुसँग छलफल गरेका थिए । सीमा विवाद र पार्टीको बैचारिक नीतिका बिषयमा आफ्ना कुरा राख्न दाहाल समुहले निर्देशन दिएको स्रोतले बताएको छ ।

त्यसैगरी बरिष्ठ नेता माधव नेपाल समुहले पनि आफु निकटका केन्द्रीय सदस्यहरुसँग छलफल गरेको थियो । पार्टीको बैचारिक नीतिका बिषयमा बढी केन्द्रीत भएको नेपाल समुहले पार्टीको पोलिटब्यूरा गठन, एमसीसीका बिषयमा निर्देशन दिएको छ । नेपाल समुह एमसीसीका केही बुँदा सच्याएर मात्र पारित गर्नूपर्ने पक्षमा छ । ओली र दाहाल समुह भने जस्ताको तस्तै पारित गर्ने पक्षमा छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...