बामदेवलाई तीन जिम्मेवारी, खनाल र नेपाल दुई बरिष्ठ नेता



हाम्रो इकोनोमि

 

दुई अध्यक्ष रहेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा अब बरिष्ठ नेता पनि दुईजना रहने भएका छन् । यसअघि एकजना मात्र बरिष्ठ नेता रहँदै आएकोमा जारी केन्द्रीय समितिको बैठकमा महासचिव विष्णु पौडेलद्वारा प्रस्तुत विधान संसोधनको प्रस्तावमा अब दुईजना बरिष्ठ नेताको ब्यवस्था गरिएको छ ।

संसोधित विधानको धारा १८(३) १ मा साविक ब्यवस्थाको सट्टा ‘दुई अध्यक्ष, दुई बरिष्ठ नेता, एक उपाध्यक्ष, एक प्रवक्ता र ए महासचिव सहित ४४१ सदस्यीय कमिटी’ भन्ने उल्लेख गरिएको छ । यो संसोधित विधान पास भएमा यसअघि झलनाथ खनाल मात्र बरिष्ठ नेता रहँदै आएकोमा अब माधव नेपाल पनि बरिष्ठ नेता हुने ढोका खुल्नेछ ।

पार्टी एकीकरणको शुरुमा मर्यादाक्रममा खनाललाई तल झार्दै नेपाललाई बरिष्ठ नेता तोकिएको थियो । तर तत्कालिन नेकपा एमालेका निवर्तमान अध्यक्ष रहेका खनालले आपत्ति जनाएपछि खनाललाई बरिष्ठ बनाउँदै नेपाललाई तल झारिएको थियो ।

यसपछि नेपाल नेतृत्वसँग असन्तुष्ट रहँदै आएका थिए । अब नेपाललाई पनि बरिष्ठ नेताका रुपमा सम्बोधन गर्ने बाटो खुल्न पुगेको छ । यसबाट नेपाल खुसी देखिएका छन् ।

उता उपाध्यक्षमा प्रस्तावित नेता बामदेव गौतमलाई विधान संसोधन गरेर उपाध्यक्ष बनाई तीनवटा जिम्मेवारी दिने प्रस्ताव गरिएको छ । संसोधित विधानको धारा १८को (घ) १ मा उपाध्यक्षको ब्यवस्था गर्दै धारा १८ को (झ) पछि ‘(ञ) उपाध्यक्षको अधिकार र कर्तव्य देहायबमोजिम हुनेछन्ः १, अध्यक्षको अनुपस्थिितिमा अध्यक्षको अधिकार र कर्तव्यको प्रयोग र पालना गर्ने, २. अध्यक्षलाई सघाउने,३. केन्द्रीय कमिटीले तोकेका अन्य काम गर्ने’ प्रस्ताव थप गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...