प्रचण्डलाई तर्साउन ओलीको नयाँ काड



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको काम लगभग सकिएकाले वैचारिक बहसमा लाग्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन् ।

‘वैचारिक स्पष्टताबिना अगाडि बढ्न सकिँदैन, अध्ययनलाई गहिरो बनाउनुहोस्’, २० महिनापछि राजधानी काठमाडौंमा बुधबार सुरु नेकपा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘वैचारिक बहस आँखा चिम्लेर होइन, खोलेर गर्नुहोस् । वर्तमानलाई बुझेर बहस गर्दा पार्टीले नयाँ विचार पाउँछ ।’

पार्टी एकतासँगै तत्कालीन एमालेको जनताको बहुदलीय जनवाद (जबज) र माओवादीको २१ औं शताब्दीको जनवाद दुवै थाती छन् । पूर्वघटकले अँगाल्दै आएका दुवै विचार एकता महाधिवेशनमा लैजाने सहमतिपछि नेकपाले ‘जनताको जनवाद’ भन्दै आएको छ । एकताको दौरान पूर्वएमाले पक्ष जबज र पूर्वमाओवादी पक्ष २१ औं शताब्दीको जनवाद छाड्न नसक्ने अवस्थामा देखिएका छन् ।

यही बेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली वैचारिक बहसको पक्षमा उभिएका हुन् । उनले यसलाई सुझबुझका साथ केन्द्रीय कमिटीमा प्रवेश गराएको नेकपाका नेताले बताउन थालेका छन् । उनले आवेग र उत्तेजनामा नभई सत्य, तथ्य र वर्तमान समाजको विश्लेषण गरी वैचारिक बहस थाल्न आग्रह गरे ।

नेकपामा वैचारिक बहस सुरु भए अहिलेको गुटगत संरचनामा फेरबदल हुनेछ । वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम प्रचण्डका पक्षमा हुँदैनन् । उनीहरू जबजको पक्षमा उभिनेछन् । यसले प्रचण्ड अल्पमतमा पर्ने निश्चित छ । सभामुख चयन गर्दा ओली अल्पमतमा परेका थिए भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बहुमतमा । प्रचण्डलाई खनाल, नेपाल, गौतमसहित प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले साथ दिएका थिए । बहुमतमा आउन ओलीले केन्द्रीय कमिटीमा अर्काे फन्डा फालेका हुन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...