किन चाहियो २५ मन्त्रीलाई ४० क्वार्टर ? मन्त्री बाँस्कोटा



हाम्रो इकोनोमि

 

 

जिम्मा लिनेबेला आँखै चिम्लिएर लिने, काम सक्ने बेलामा भागाभाग गर्नुपर्ने ! ‘अब यस्तो गोलचक्कर चल्दैन’ भन्दै शहरी विकास मन्त्रालय पनि सम्हालेका सञ्चारमन्त्री गोकुल बाँस्कोटा कड्किँदा पाँच सयमध्ये दुई सय ५९ वटा योजना रद्द हुन पुगेका छन् ।

ठेकेदारले लिनेबेलामा सक्ने–नसक्ने सबै काम हात पार्ने र योजना पूरा गर्ने बेला कुनै पनि तयार नहुने स्थितिलाई अन्त्य गर्न योजना कटौतीमा पारिएका हुन् । मन्त्रीले शहरी भवनका ४० वटा योजनालाई कटौती गरेर २८ मा झारेका छन् ।

नयाँ मन्त्री निवास ४० वटा बनाउने पूर्वयोजनाअनुसार ठेक्का लगाइँदै थियो तर, २५ जना मन्त्री हुने संवैधानिक व्यवस्था भएको देशमा क्वार्टरचाहिँ ४० वटा किन चाहिन्छ भन्ने तर्क गर्दै गोकुलले आधा भन्दा थोरै कम कटौती गरिदिएको बताइन्छ ।

उनले प्रदेशतर्फको पहिलो योजनामा परेका १४ मध्ये १० वटा काटेका छन् भने दोस्रो योजनाको २६ मध्ये आठ भवन कटौती गरेका हुन् । त्यसरी कटौती भएपछि प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि संघीय राजधानी आउँदा बस्न मल्टीस्टोरी फ्ल्याट तयार पारिने भएको छ । अर्थात्, जमिनको अभाव चिर्न पाँचवटा भवनमा सातै प्रदेशका प्रमुख र मुख्यमन्त्री अटाउने व्यवस्था मिलाइँदैछ ।

यसबाहेक, दुई सय ५९ मध्ये पाँच÷सात लाखदेखि ३० लाखमुनीका योजना सबै रद्द भएका छन् । आर्थिक दृष्टिले ठूला परियोजना, तर सानो रकममा काम सिध्याउने गरी ठेक्का लिनु भनेको कि तयार हुने संरचना कमजोर बनाउनु कि योजना पास गरेर पैसा खाने, काम नगर्ने नियत राखिनु हो भन्ने मन्त्रालयको बुझाई रहेको जनआस्थामा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...