किन चाहियो २५ मन्त्रीलाई ४० क्वार्टर ? मन्त्री बाँस्कोटा



हाम्रो इकोनोमि

 

 

जिम्मा लिनेबेला आँखै चिम्लिएर लिने, काम सक्ने बेलामा भागाभाग गर्नुपर्ने ! ‘अब यस्तो गोलचक्कर चल्दैन’ भन्दै शहरी विकास मन्त्रालय पनि सम्हालेका सञ्चारमन्त्री गोकुल बाँस्कोटा कड्किँदा पाँच सयमध्ये दुई सय ५९ वटा योजना रद्द हुन पुगेका छन् ।

ठेकेदारले लिनेबेलामा सक्ने–नसक्ने सबै काम हात पार्ने र योजना पूरा गर्ने बेला कुनै पनि तयार नहुने स्थितिलाई अन्त्य गर्न योजना कटौतीमा पारिएका हुन् । मन्त्रीले शहरी भवनका ४० वटा योजनालाई कटौती गरेर २८ मा झारेका छन् ।

नयाँ मन्त्री निवास ४० वटा बनाउने पूर्वयोजनाअनुसार ठेक्का लगाइँदै थियो तर, २५ जना मन्त्री हुने संवैधानिक व्यवस्था भएको देशमा क्वार्टरचाहिँ ४० वटा किन चाहिन्छ भन्ने तर्क गर्दै गोकुलले आधा भन्दा थोरै कम कटौती गरिदिएको बताइन्छ ।

उनले प्रदेशतर्फको पहिलो योजनामा परेका १४ मध्ये १० वटा काटेका छन् भने दोस्रो योजनाको २६ मध्ये आठ भवन कटौती गरेका हुन् । त्यसरी कटौती भएपछि प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि संघीय राजधानी आउँदा बस्न मल्टीस्टोरी फ्ल्याट तयार पारिने भएको छ । अर्थात्, जमिनको अभाव चिर्न पाँचवटा भवनमा सातै प्रदेशका प्रमुख र मुख्यमन्त्री अटाउने व्यवस्था मिलाइँदैछ ।

यसबाहेक, दुई सय ५९ मध्ये पाँच÷सात लाखदेखि ३० लाखमुनीका योजना सबै रद्द भएका छन् । आर्थिक दृष्टिले ठूला परियोजना, तर सानो रकममा काम सिध्याउने गरी ठेक्का लिनु भनेको कि तयार हुने संरचना कमजोर बनाउनु कि योजना पास गरेर पैसा खाने, काम नगर्ने नियत राखिनु हो भन्ने मन्त्रालयको बुझाई रहेको जनआस्थामा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...