पर्यटन बोर्डको सीईओमा डा रेग्मी



हाम्रो इकोनोमि

 

 

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा धनञ्जय रेग्मी नियुक्त हुनुभएको छ । बोर्डको कार्यकारिणी समितिको आज बसेको बैठकले रेग्मीलाई सो पदमा नियुक्त गरेको हो ।

सीईओ छनोट समितिको सिफारिसको आधारमा कार्यकारिणी समितिले रेग्मीलाई सीईओमा नियुक्त गरेको बोर्डको सचिवालयले जनाएको छ ।

विप्लव पौडेलको संयोजकत्वमा कृष्णबहादुर महरा र संस्कृति, पर्यटन तथा नागरिक उड्डउन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय सदस्य रहेको छनोट समितिले सीईओका लागि रेग्मीसँगै दीपक बस्ताकोटी र हिक्मतसिंह ऐरलाई सिफारिस गरेको थियो ।

सीईओको कार्यकाल चार वर्ष हुनेछ । नियुक्ति पत्र लिएपछि बोर्डका अध्यक्ष रहेका पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सीईओसँग कार्यसम्पादन करार गर्नुहुने बोर्डले जनाएको छ ।

जलवायु परिवर्तनमा विद्यावारिधि गर्नुभएका रेग्मी हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत भूगोल तथा वातावरण केन्द्रीय विभागमा सहायक प्राध्यापक र नेपाल भूगोल समाजका अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । उहाँ हिमालयन रिसर्च एक्सपिडिसन र हिमालयन अनुसन्धान केन्द्रका अध्यक्ष पनि हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...