नेकपाको केन्द्रीय समिति बैठक राष्ट्रियसभा गृहमा



हाम्रो इकोनोमि

 

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक बुधबार बस्दैछ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि दोस्रो पटक जम्बो केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

बुधबार बिहान ११ बजे राष्ट्रिय सभगृहमा बैठक बस्न लागेको नेकपा नेताहरूले बताएका छन् । पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा नअट्ने भएपछि राष्ट्रिय सभागृहमा बैठक गर्न लागिएको हो ।

नेकपा केन्द्रीय समिति हाल ४ सय ४६ सदस्यीय छ । यीमध्ये ४ सय बढी बैठकमा सहभागी हुने भएपछि सभागृहमै बैठक गर्न लागिएको नेकपाका एक नेताले अनलाइनखबरलाई जानकारी दिए ।

केन्द्रीय समिति बैठकको उद्घाटन नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । ओलीले बैठक उद्घाटन गर्दै मन्तव्य राख्ने कार्यक्रम तय भएको छ ।

बैठकमा आजै अर्का अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । यसअघि स्थायी समितिमा पेस गरिएको प्रतिवेदनलाई नै प्राप्त सुझावसहित पेस गर्न लागिएको हो ।

अध्यक्षले विभिन्न एजेन्डासहित पेस गर्ने प्रतिवेदन सदस्यलाई वितरण गरिने छ । वितरित प्रतिवेदनमाथि भने बिहीबारबाट मात्रै छलफल गर्ने तयारी नेकपाको छ । केन्द्रीय समिति जम्बो भएकाले केन्द्रीय सदस्यलाई समूहमा विभाजन गरेर प्रतिवेदनमाथि छलफल गरिने बताइएको छ । नेकपा स्रोतका अनुसार, बैठक आगामी माघ २२ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...