हनिमूनमा जादा श्रीमानले श्रीमतीकी आमासँग गरे विवाह, हेर्नुहोस् यस्तो छ कारण



 

 

एक श्रीमानले श्रीमतीकी आमासँग जीवन बिताउन श्रीमती र छोरीलाई छोडेको घटना सार्वजनिक भएको छ ।

लण्डनकी ३४ वर्षीया लरेन वालले १९ वर्षको हुँदा पल ह्वाइटसँग विवाह गरेकी छिन् । उनले आफ्नी आमाले जे गरेकी छिन् त्यसका लागि उनलाई कहिले पनि माफी नदिने बताएकी छिन् ।

उनकी आमा जुली, जो अहिले ५३ वर्ष पुगिन्, ले उनको विवाहमा २५ हजार पाउन्ड (करिब ३७ लाख रुपैयाँ) खर्च गरिन् । आमाप्रति आफू आभारी भएको देखाउन लरेनले दुई हप्ता लामो हनिमुनमा उनलाई पनि सँगै लगिन् ।
हनिमुनबाट फर्किएको आठ हप्तापछि पल घरबाट निस्किए र त्यसको ९ महिनापछि जुलीले बच्चा जन्माइन् र यससँगै उनीहरुले आफूहरु जोडी भएको घोषणा गरे ।

लरेनले मिररसँगको कुराकानीमा पल उनकी आमासँग सधैं राम्रोसँग प्रस्तुत हुने गरेको बताइन् तर उनको यस्तो व्यवहारमा आफूले कुनै शंका नगरेको पनि उनले स्पष्ट पारिन्  ।

‘मैले यसलाई अचम्म ठानिनँ किनभने मेरी आमा उनको सासु आमा हुन् । पलले मेरी आमासँग निकै मित्रवत् व्यवहार गर्दथे । उनीहरु सँगै हुँदा निकै हाँस्थे, रमाउँथे । यसमा मैले चिन्ता गर्नुपर्ने कुनै पनि कारण देखिनँ । आखिर कसले देख्ला र ?’
तर एकदिन लरेनकी बहिनीले जुलीको फोन चलाउँदा उनी र पलबीचको संवाद देखिन् । जुलीले सबै कुरा अस्विकार गरिन् र पलले लरेनलाई आफ्नो फोन छुन पनि दिएनन् ।

त्यसको केही दिनपछि पलले आफ्नो विवाहको औंठी फुकाले र लरेन र उनका सात महिने छोरीलाई घरमै छोडेर आफू भने निस्किए ।

जब उनका श्रीमान् आफ्नै आमासँग बसिरहेका छन् भन्ने थाहा पाए तब लरेन असाध्यै तनावमा भइन् ।

‘मेरो लागि यो भयानक अनुभव थियो । एउटी आमाले आफ्नी छोरीलाई यो भन्दा नराम्रो के गर्न सक्लिन् । उनले मेरो श्रीमान् खोसिन्, मेरो परिवार र सपना दुबै चकनाचुर पारिन् । त्यसका लागि म मेरी आमालाई साँच्चै नै कहिले पनि माफी दिन सक्दिनँ ।’

पल र लरेनको एक स्थानीय पबमा भेट भएको थियो । त्यसलगत्तै उनीहरु नजिकिए । सन् २००४ को मार्चमा छोरीको जन्म भएपछि पलले उनलाई विवाहको प्रस्ताव राखे ।

लरेन आफ्नो सम्बन्ध बलियो हुँदै गएकोमा निकै उत्साहित थिइन् र दुबैजनाको भविष्यबारे सोचेर उनी दंगदास हुन्थिन् ।

‘सबै कुरा राम्रो थियो भनेर सोच्थेँ, सायद म सानै भएकोले पनि त्यस्तो सोच्थेँ । उसले मलाई आफ्नो बाँकी जीवन मसँगै बिताउने कुरा गर्दथ्यो,’ लरेनले भनिन् ।

तर हनिमुनपछि जब पलले घर छोडे, लरेनले आफ्ना श्रीमान् आमासँग बसिरहेका छन् भन्ने गाइँगुइँ हल्ला सुनिन् । त्यसपछि उनले आमालाई बाटोमा हिँड्दा गर्भवती भएको पनि देखिन् ।

लरेनका अनुसार जुलीले आफू गर्भवती भएको कुरा अस्विकार गरिन् । आफ्नो पेट सिस्टका कारण ठूलो भएको उनले बताइन् । त्यतिबेला लरेनको सम्बन्धविच्छेद भइसकेको थियो र उनी आफ्नो जीवन भिन्न तरिकाले व्यतित गर्ने प्रयासमा थिइन् ।

जब जुलीले बच्चा जन्माइन् तब लरेनले उनलाई अन्तिम टेक्स्ट मेसेज पठाइन्, ‘त्यसो भए सिस्ट फाल्नुभयो ?’

जुली र पलले त्यसको पाँच वर्षपछि विवाह गरे र लरेनले छोरीका खातिर उनीहरुको विवाहमा आफ्नो उपस्थिती देखाइन्  ।

लरेनको आफ्नी आमासँग खासै भेट हुँदैन । उनी अहिले पनि पलसँगको वैवाहिक जीवनमा नै छिन् ।

जीवनमा खुसीको बाटो रोज्नु उनको लागि सहज नभएको उनी बताउँछिन् । तर यति हुँदाहुँदै पनि उनी अब अघि बढिसकेकी छिन् र उनले नयाँ पार्टनर पाइसकेकी छिन् । उनी अहिले आफ्नो चौथो सन्तानलाई जन्माउने तरखरमा छिन् ।

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्