नेकपाभित्र एमसीसी फेल गराउन यस्तो गठबन्धन बन्यो



हाम्रो इकोनोमि

 

पार्टी एकताको लामो समयपछि सत्तारुढ दल नेकपाको केन्द्रीय समिति बैठक बुधवार राजधानी काठमाडौंमा बस्दैछ । बैंठकका लागि जिल्लामा रहेका केन्द्रीय सदस्यहरु राजधानी काठमाडौं आउन थालेका छन् भने पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक प्रतिबेदन लेख्न ब्यस्त भएका छन् ।

नेकपा केन्द्रीय समितिमा अध्यक्ष प्रचण्डले के प्रस्ताव ल्याउँछन् ? त्यो एकिन नभएपनि प्रभावशाली केन्द्रीय सदस्यहरुले भने आफ्नो तयारी थालेका छन् । पार्टी र सरकारका बिषयमा उनीहरुले प्रश्न गर्ने तयारी गरेका छन् । एमसीसी, पार्टी महाधिबेशन, जनवर्गीय संगठन, विभागको पूर्णताजस्ता बिषयहरु उठाउने एकथरी केन्द्रीय सदस्यहरुले तयारी गरेका छन् भने महिला सांसदहरुले पार्टीभित्र महिला अधिकारका बिषयमा कुरा उठाउने तयारी गरेका छन् ।

‘पार्टी मिल्यो तर अझै मन मिलेका छैनन्, शीर्ष तहदेखि तल्लो तहसम्म एकताको मन मिलाउने अभियानको घोषणा हुनुपर्दछ’ नेकपा केन्द्रीय सदस्य तथा विदेश विभागका उपप्रमुख बिष्णु रिजालले भने ‘नेता र कार्यकर्ताबीच जति सम्बन्ध राम्रो हुन्छ, त्यति नै पार्टी एकता स्मुदरुपमा अगाडी बढ्छ ।’

केन्द्रीय समितिको बैठकपछि नेकपाले देशब्यापी अभियानको थालिनी गर्नेमा केन्द्रीय सदस्यहरु विश्वस्त देखिएका छन् । ‘देशभरका नेता कार्यकर्ताले केन्द्रीय समितिको बैठकलाई हेरिरहेका छन्, त्यहाँबाट जस्तो संदेश आउँछ, पार्टी त्यस्तै बन्छ’ नेता रिजालले भने ।

पार्टीभित्रका हिजोका सम्बन्धभन्दा पनि आजको आवश्यकताका आधारमा पार्टीले नयाँ नीति लिनु पर्ने केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतको जोड छ । ‘हिजोका आन्तरिक सम्बन्धका आधारमाभन्दा पनि एजेण्डा र बिषयका आधारमा सहमति खोज्ने हो’ नेता बस्नेतले भने ‘नेताहरुले उठाएका जायज कुरालाई समर्थन र गलत कुरा सच्याउन लबिङ गर्नुपर्दछ ।’

स्थायी कमिटीमा टुंगिन नसकेको एमसीसीको बिषय केन्द्रीय समितिमा जोडबलका साथ उठाउने केही नेताहरुले तयारी थालेका छन् । विषेशगरी स्थायी कमिटीका नेताहरुले एमसीसीका बिषयमा कुरा उठाउने र केन्द्रीय समितिबाट फेल गराउने कसरत थालेका छन् । एमसीसी जस्ताको तस्तै लागु गर्न नहुँने पक्षमा नेकपाभित्र ठुलो मत रहेको छ । नेता भीम रावल, लिलामणि पोखरेल, देव गुरुङ लगायतका नेताहरु एमसीसीका बिपक्षमा छन् । तर प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने एमसीसी पारित गर्नुपर्ने पक्षमा छन् ।

स्थायी कमिटी बैठकमा एमसीसीमा सहमति जुट्न नसकेपछि पार्टी सचिवालयलाई जिम्मा दिइएको थियो । सचिवालयले पनि एमसीसीका बिषयमा निर्णय लिन सकेको छैन । केन्द्रीय समितिमा अध्यक्ष दाहालले यो बिषय आफ्नो राजनीतिक प्रतिबेदनमा राखेपनि एजेण्डाका रुपमा भने ल्याउने छैनन् ।

प्रचण्डले एजेण्डाका रुपमा नल्याएपछि कुरा उठाउने र केन्द्रीय समितिबाट फेल गराएर पठाउने गरी केही केन्द्रीय नेताहरु लागि परेका छन् । उनीहरुले केन्द्रीय सदस्यहरुसँग पनि छलफल गरिरहेका छन् ।

पहिला केन्द्रीय सदस्यहरुले भने संविधानअनुसार पार्टीमा पनि महिलाको सहभागीताको कुरा उठाउने भएका छन् । ‘संविधानले ग्यारेन्टी गरेपनि पार्टीहरुले महिला सहभागितालाई ग्यारेन्टी गरेका छैनन्’ केन्द्रीय सदस्य रेखा शर्माले भनिन् ‘हाम्रो पार्टीमा मुस्किलले १६ प्रतिशत महिला सहभागिता छ, यो बिषयमा हामी कुरा उठाउँछौ ।’

प्रतिक्रिया दिनुहोस
डाक्टर सडकमा, आकस्मिक बाहेक सबै सेवा बन्द

    नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले आकस्मिक बाहेकका...

हुण्डी कारोबारको अभियोगमा राजेन्द्र रिजाल पक्राउ

    एक अर्ब ८९ लाखको हुण्डी कारोबार गरेको अभियोगमा एक जना पक्राउ...

तल्लो तहमा सर्वदलीय संवाद गर्ने नौ दलको सहमति

    सामाजिक सद्भाव कायम राख्न नौ दलले पार्टीको तल्लो संरचनामा सर्वदलीय संवाद...

प्रधानमन्त्री र गृहमन्त्री नै गएनन् रविले बोलाएको सर्वदलीय बैठकमा

    सरकारको नेतृत्वकर्ता दल रास्वपाको आह्वानमा सुरु भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र...