देउवाले पनि सभामुखलाई बधाई दिए



हाम्रो इकोनोमि

 

विपक्षी दलका नेता शेरबहादुर देउवाले मुस्किल मुस्किलले सभामुख चयन भएको भन्दै अग्निप्रसाद सापकोटालाई बधाई दिएका छन् । सापकोटा सभामुख भएपछि मंगलबार बसेको पहिलो बैठकमा सबै दलका नेताहरुले शुभकामना दिने कार्यतालिका थियो । सुरुमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै शुभकामना दिए ।

लगतै सम्बोधन गरेका देउवाले सुरुमै सापकोटालाई व्यंग्य गरे, ‘धेरै ठूलो रस्साकस्सीका बाबजुद मुस्किल मुस्किलले ढिलै भएपनि सभामुख चयन हुनु भएकोमा सभामुखजीलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।’

सभामुख कुनै पार्टीको नभई सम्पूर्ण सदनको भएको भन्दै उनले प्रतिपक्षलाई विश्वास लिएर अगाडि बढ्न सुझाव दिए । सभामुख तटस्थ पद भएकाले कांग्रेसले उम्मेदवारी नदिएको भन्दै उनले सदन सञ्चालनमा सहयोग गर्ने बचन समेत दिए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...