आस्था राउतलाई आजै रिहा गर्ने तयारी



हाम्रो इकोनोमि

 

 

गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयको सामाजिक सञ्जालमा विरोध भइरहेको छ । नेकपाका नेता तथा सांसदहरुले आस्थालाई प्रक्रिया पूरा गरेर मंगलबार नै रिहा गर्न दबावसमेत दिएका छन् । नेकपाका नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जालमार्फत आस्था राउतमाथि प्रहरीले अनावश्यक ज्यादती गरेको बताएका छन् । उनीहरुले सरकारलाई बदनाम गराउने काममा प्रहरी र प्रशासनले निरन्तर यस्ता गतिविधि गरेको भन्दै आपत्ति समेत जनाएका छन् ।

पूर्वमन्त्री तथा नेकपा प्रदेश ३ का सचिव आनन्द पोखरेलले राष्ट्रिय कलाकार आस्था राउतले कमी कमजोरी महसुस गरिकेपछि पनि हिरासतमा राख्नु उचित नभएको भन्दै प्रक्रिया पूरा गरेर आजै हिरासतमुक्त गर्न माग गरेका छन् ।

दोलखाबाटै पटक पटक निर्वाचित भएका पोखरेलकै निर्वाचन क्षेत्रकी मतदाता हुन् आस्था राउत । पोखरेलले आस्था राउतको गल्ती थुनामा राखेर अनुसन्धान गर्नुपर्ने तहको नभएको भन्दै प्रहरी प्रशासनले विवेक पुर्‍याउनुपर्ने बताएका छन् ।

त्यस्तै नेकपा सांसद तथा अनेरास्ववियुकी पूर्व अध्यक्ष नविना लामाले पनि आस्था राउतमाथि प्रहरीले अन्याय गरेको भन्दै माफी मागिसकेपछि हिरातसमा राख्नुले पटक पटक सरकारलाई बदनाम गराउने काम प्रहरीबाट भएको टिप्पणी गरेकी छन् ।

नेकपा केन्द्रीय सदस्य तथा युवा संघका अध्यक्ष रामप्रसाद सापकोटाले पनि आस्था राउतलाई माफी मगाएरसम्झाएर घर पठाउनुपर्ने भन्दै प्रहरीले आस्थामाथि उठाएको कदममा सहमत हुन नसक्ने बताएका छन् ।

सापकोटा फेसबुकमा लेख्छन् ‘जसरी आस्था राउतको उत्ताउलोपनसँग सहमत हुन सकिएन त्यसैगरि पुलिसको आस्थामाथिको अतिमा सहमत हुन सकिन्न । उनको उत्ताउलोपनको माफी मगाएर, सम्झाएर घर पठाऊ ।’

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...