अग्नि सापकोटाको राजीनामापछि तुम्बाहाङ्फे केन्द्रीय सदस्य



हाम्रो इकोनोमि

 

उपसभामुखबाट राजिनामा दिएपछि पुनः पार्टी काममा फर्किएकी शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय कमिटीमा पुनस्र्थापित गरिने सम्भावना रहेको नेताहरु बताउँछन् ।

तत्कालीन एमालेको निर्वाचित केन्द्रीय सदस्य रहेकी तुम्बाहाङ्फे उपसभामुख निर्वाचित भएपछि पार्टीको जिम्मेवारीबाट राजीनामा दिएकी थिइन् । सभामुख अग्निप्रसाद सापकोटाले सम्भवतः आजभोलिमै पार्टीको जिम्मेवारीबाट राजीनामा दिनेछन् । रिक्त रहेको केन्द्रीय सदस्य पदमा तुम्बाहाङ्फेलाई पुनस्र्थापित गर्नेबारे नेताहरुबीच छलफल हुने नेकपा स्रोतले जनाएको छ ।

तर, नेकपाको केन्द्रीय समितिमा करिब आधा दर्जन पदहरु रिक्त रहेकाले ती सबैमा एकसाथ पदपूर्ति गरिने स्रोतले बतायो । रिक्त पदहरु पूर्तिका लागि यसअघि अध्यक्ष ओलीले ल्याएका नामहरुमा अर्को पक्षले समर्थन नर्दा पारित हुन सकेको थिएन ।

तत्कालीन एमाले र माओवादीबीच एकीकरणपछि निर्वाचन आयोगमा पार्टी दर्ताका लागि माइन्युटमा केन्द्रीय सदस्यहरुको हस्ताक्षरको औपचारिक प्रयोजनका लागि भएको बैठकपछि नेकपा केन्द्रीय कमिटी बैठक बस्न सकेको छैन । प्रत्येक ६ महिनामा बस्ने बैधानिक व्यवस्था भएपनि नेकपा बैठक करीव डेढ वर्षदेखि बसेको छैन ।

पार्टीका बैठकहरु नराखिएपछि नेताहरुले आफ्ना धारणा मिडिया र सोसल मिडियामा व्यक्त गर्नुपर्ने अवस्था आएको र त्यसले पार्टी अनुशासनमा गम्भीर समस्या ल्याएको अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले बताए । बैठकहरु नियमित राख्ने हो भने सडकमा पार्टीका आन्तरिक कुरा छरपस्ट नहुने उनको भनाइ छ ।

एमसीसीबारे अनौपचारिक छलफल हुने

बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमा अमेरिकी सहयोग परियोजना एमसीसीका सन्दर्भमा स्थायी कमिटीले दिएको सुझावसमेत समेटेर केन्द्रीय कमिटीमा छलफल गराउन लागिएको प्रचण्ड निकट स्रोतले जनाएको छ ।

एमसीसी पारित गर्ने विकल्पमा रुपमा सरकारले संसदबाट नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी नहुने संकल्प प्रस्ताव पास गर्ने तयारी गरिसकेको छ ।

यद्यपि एमसीसीलाई बैठकमा बेग्लै एजेण्डाका रुपमा प्रस्तुत नगरी केन्द्रीय सदस्यहरुको राय मात्र लिने तयारी भइरहेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
डाक्टर सडकमा, आकस्मिक बाहेक सबै सेवा बन्द

    नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले आकस्मिक बाहेकका...

हुण्डी कारोबारको अभियोगमा राजेन्द्र रिजाल पक्राउ

    एक अर्ब ८९ लाखको हुण्डी कारोबार गरेको अभियोगमा एक जना पक्राउ...

तल्लो तहमा सर्वदलीय संवाद गर्ने नौ दलको सहमति

    सामाजिक सद्भाव कायम राख्न नौ दलले पार्टीको तल्लो संरचनामा सर्वदलीय संवाद...

प्रधानमन्त्री र गृहमन्त्री नै गएनन् रविले बोलाएको सर्वदलीय बैठकमा

    सरकारको नेतृत्वकर्ता दल रास्वपाको आह्वानमा सुरु भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र...