मानवतस्करीका आरोपी अम्बिर गुरुङ राज्यमन्त्री



 

 

पासपोर्टमाफोटो चेन्ज (पीसी) गरी यूरोपदेखि अमेरिकासम्म मानवतस्करी गरेर अकूत सम्पत्ति आर्जन गरेका अम्बिर गुरुङलाई १ नम्बर प्रदेश सरकारले भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त गरेको छ । अम्बिर गुरुङ र एलिजा थापा मिलेर ५० को दशकमा सयौं नेपालीलाई पीसी गरी यूरोप र अमेरिका पठाएका थिए । कुपण्डोलको पुलसँगै गुरुङसहित पूर्व एआइवी विज्ञान शर्माका भाइ दयाशर्मा, बिष्णु जोशी, दीपक मल्होत्राहरुले मितेरी रेष्टुरेन्ट खोलेका थिए । त्यतिबेला त्यो रेष्टुरेन्टमा सुनदेखि डलर र मानव तस्करीको सेटिङ हुने गरेको समाचार पनि पत्रपत्रिकाले लेखेको पुराना अभिलेख खोज्ने हो भने अहिले पनि फेलापार्न सकिन्छ । एलिजा थापा र गुरुङले अध्यागमन कार्यालय एयरपोर्टका कर्मचारीसँग सेटिङ गरी पीसी गरी मानव तस्करी गरेका समाचार त झन् पटक पटक समाचारका बिषय बन्ने गरेकाथिए ।

 

सुनदेखि पीसीबाट मानवतस्करी गरी रातारात धनी भएका गुरुङले २०७४ को निर्वाचनमा एमाले ओखलढुुंगाबाट प्रदेश सभा सांसदको टिकट लिएकाथिए । राजनीतिमा गुरुङ जस्ता बदनाम पात्रको प्रवेश गराएर अहिले उनलाई राज्यमन्त्री बनाइएको चर्चा नेकपा बृत्तमा छ ।

 

ओखलढुंगाको रुम्जाटारका गुरुङ मानव तस्करी देखि अबैध सुन कारोबारबाट नवधनाढ्य भएका ब्यक्ति हुन् । टोले गुण्डाको सम्पत्ति छानबिन गर्ने सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अम्बिर गुरुङ जस्ताको कालोधनको बारेमा चासो नै राख्ने गरेको छैन । उनले धेरैको रकम विदेश पठाइदिने भनेर पचाएर नवधनाढ्य भएकाहुन् । नेकपाका पुराना नेताका छोराको करोड रुपैयाँभन्दा बढी यिनले बर्षौदेखि तिरेका छैनन् । कयौं सर्वसाधारणको घरजग्गा थाहा नै नपाई बैंकमा राखेर पैसा लिने र लिलाम गराइदिएका कारण धेरैको उठीबास गराइदिएका छन् । कतिको बैंकमाधितो राख्ने भनेर मालपोतका कर्मचारीसँग मिलेर दृष्टिबन्धक राख्न लैजाँदा पास नै गरेर हत्याएको आरोप उनीमाथि छ ।

 

मन्त्रीदेखि मुख्यमन्त्रीसम्म पहुँच भएका गुरुङ घरमै प्रहरीका आइजीपी लाई बोलाएर खानपान गर्ने हैसियत राख्छन् । उनले तस्करीदेखि सर्वसाधारण जनताका घरजग्गा हडपेर आर्जित अकूत सम्पत्तिबाट चावहिलबाट जाँदाओम अस्पतालेखि पारीपटिट् रिजेन्सी टावरदेखि थुप्रै ठाउँमा घरजग्गाखरिद गरेका छन् ।

 

राजनीतिलाई भ्रष्टीकरण गर्र्ने कार्य दलहरुले गुरुङ प्रवृत्तिलाई बढावा दिएर गरेका छन् । कांग्रेसको गढ ०७० मै भत्काएर ओखलढुंगाबाट २ पटक जितेका संघीय सांसद यज्ञराज सुनुवारलाई नेकपाले मन्त्रीबनाएको छैन । तर कालोधनको बलमा पार्टी नेतासँग निकट भएर टिकट लिनेलाई मन्त्रीमा बिराजमान गराएर सुनुवार जस्ता मूल्य र मान्यतामा आधारित राजनीति गर्नेहरुको तेजोबध गर्ने काम नेकपाले गरेको छ । माधव नेपालनिकट भनेर सुनुवार जस्ता नेतालाई पाखा पार्नका लागि गुरुङ प्रवृत्तिलाई राज्यमन्त्री नियुक्त गरिएको छ । अब ओखलढुंगामा पैसाको बलमा अम्बिर गुरुङ जस्ता पात्रलाई स्थापित गरी सुनुवारलाई विस्थापन गर्ने रणनीतिले  राज्यमन्त्री बनाइएको नेकपा ओखलढुंगाका एक नेता बताउँछन् । राजनीतिलाई अपराधीकरण तर्फ लाने काम यस्तै प्रवृत्तिलाई पुरस्कृत गर्दा हुन्छ भन्ने कुरा नेकपा नेतृत्वले बुझ्न नसकेको नेताहरु नै स्वीकार्छन् ।

 

त्यसो त भीम  आचार्यलाई मुख्यमन्त्रीमा हराउन र शेरधन राईलाई जिताउन सांसद खरिद बिक्रीकालागि रकमको जोहो गरेबापत पनि  उनलाई राज्यमन्त्रीमा पुरस्कृत गरिएको एकथरीको भनाइ छ । राईलाई मुख्यमन्त्रीमा   जिताउनका लागि उनले माधव नेपाल पक्षका ३ भन्दा बढी सांसद खरिदका लागि लगानी गरेकाथिए । १ नम्बर प्रदेशमा माधव नेपाल पक्षको स्पष्ट बहुमत हुँदाहुँदै पनि सांसद खरिदबिक्री भएकाले आचार्य मुख्यमन्त्रीमा पराजीत भएकाथिए । गुरुङकै पहलमा ३ सांसदका लागि ३५ लाखका दरले बजेट बिनियोजन गरिएको कुरा पनि मिडिया  मार्फत् सार्वजनिक भएको थियो । साँघु साप्ताहिकबाट

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्