सभामुख सापकोटाले भने एमसीसी अहिले नै पारित हुँदैन



हाम्रो इकोनोमि

 

 

सभामुख अग्नी सापकोटाले सपथ लिएलगतै पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै गर्दा उनले आफुमाथी लागेका आरोपका बिषयमा केही नबोल्ने प्रतिक्रिया दिएका छन् भने एमसिसि पारित गर्न हतार गर्न नहुँने बताएका छन् ।

सापकोटाले राष्ट्रपति कार्यालय शीतल निवासमा सभामुखको सपथ लिइरहेका बेला बाहिर भने प्रर्दशन भएको थियो । अधिकारकर्मीको प्रर्दशनलाई सापकोटाले स्वभाविक भएको प्रतिक्रिया दिएका छन् । लोकतन्त्रमा विरोध गर्न पाइने अधिकार भएको र अधिकारकर्मीले आफ्नो अधिकार प्रयोग गरेको बताए । ‘लोकतन्त्रमा विरोध भन्ने कुरा सामान्य हो, यसलाई अन्यथा लिन मिल्दैन’ उनले भने ।

पदभार ग्रहण गर्दै सापकोटाले एमसिसि पारित गर्न अहिले नै हतार गर्नुपर्ने कारण नभएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली एमसिसि तत्काल पारित गर्ने पक्षमा छन् । तर सभामुख सापकोटाले भने हतार गर्न आवश्यक नभएको टिप्पनी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...