सभामुख सापकोटाले भने एमसीसी अहिले नै पारित हुँदैन



 

 

सभामुख अग्नी सापकोटाले सपथ लिएलगतै पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै गर्दा उनले आफुमाथी लागेका आरोपका बिषयमा केही नबोल्ने प्रतिक्रिया दिएका छन् भने एमसिसि पारित गर्न हतार गर्न नहुँने बताएका छन् ।

सापकोटाले राष्ट्रपति कार्यालय शीतल निवासमा सभामुखको सपथ लिइरहेका बेला बाहिर भने प्रर्दशन भएको थियो । अधिकारकर्मीको प्रर्दशनलाई सापकोटाले स्वभाविक भएको प्रतिक्रिया दिएका छन् । लोकतन्त्रमा विरोध गर्न पाइने अधिकार भएको र अधिकारकर्मीले आफ्नो अधिकार प्रयोग गरेको बताए । ‘लोकतन्त्रमा विरोध भन्ने कुरा सामान्य हो, यसलाई अन्यथा लिन मिल्दैन’ उनले भने ।

पदभार ग्रहण गर्दै सापकोटाले एमसिसि पारित गर्न अहिले नै हतार गर्नुपर्ने कारण नभएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली एमसिसि तत्काल पारित गर्ने पक्षमा छन् । तर सभामुख सापकोटाले भने हतार गर्न आवश्यक नभएको टिप्पनी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्