पार्टी केन्द्रीय कार्यालयमै नेविसंघका दुई समुहबीच झडप



 

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा नेपाल बिद्यार्थी संघका दुई समुहबीच झडप भएको छ । नेविसंघमा उमेरको हदबन्दी तोकिनुपर्ने माग राख्दै एउटा समुहले पार्टी कार्यालयमा आमरण अनसन गरिरहेको छ । उमेर हदबन्दी तोक्ने र नतोक्ने समुहबीच झडप भएको हो ।

नेविसंघका पूर्वमहामन्‍त्री कुन्दन काफ्लेसहितको समूह आमरण अनसनमा बसेको छ । अनसनमा बसेको समूहमाथी हातपात भएको हो । दुईपक्षबीच केही बेर तनाव र झडप भएको थियो। काफ्ले समूहबाट पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठी अनसनमा बसेका छन्। नेविसंघको नेतृत्वका लागि ३२ वर्षको उमेर हद तोकिनुपर्ने माग राखेका छन्। यही माग राखेर काफ्लेसहितको समूहले डेढ महिनादेखि कांग्रेस कार्यलयमा धर्ना दिँदै आएका छन् ।

कांग्रेसको आन्तरिक विवाद मिलेपछि सोमबार बस्‍न लागेको केन्द्रीय समितिको बैठकलाई दबाब दिन उनी अनसनमा बसेका हुन्। संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच भएको सहमतिमा नेविसंघको पदाधिकारी र केन्द्रीय समितिमा साठी, चालिसको अनुपातमा भागबन्डा गर्ने सहमति भए पनि उमेरको हदबन्दीबारे केही भनिएको छैन।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्