पार्टी केन्द्रीय कार्यालयमै नेविसंघका दुई समुहबीच झडप



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा नेपाल बिद्यार्थी संघका दुई समुहबीच झडप भएको छ । नेविसंघमा उमेरको हदबन्दी तोकिनुपर्ने माग राख्दै एउटा समुहले पार्टी कार्यालयमा आमरण अनसन गरिरहेको छ । उमेर हदबन्दी तोक्ने र नतोक्ने समुहबीच झडप भएको हो ।

नेविसंघका पूर्वमहामन्‍त्री कुन्दन काफ्लेसहितको समूह आमरण अनसनमा बसेको छ । अनसनमा बसेको समूहमाथी हातपात भएको हो । दुईपक्षबीच केही बेर तनाव र झडप भएको थियो। काफ्ले समूहबाट पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठी अनसनमा बसेका छन्। नेविसंघको नेतृत्वका लागि ३२ वर्षको उमेर हद तोकिनुपर्ने माग राखेका छन्। यही माग राखेर काफ्लेसहितको समूहले डेढ महिनादेखि कांग्रेस कार्यलयमा धर्ना दिँदै आएका छन् ।

कांग्रेसको आन्तरिक विवाद मिलेपछि सोमबार बस्‍न लागेको केन्द्रीय समितिको बैठकलाई दबाब दिन उनी अनसनमा बसेका हुन्। संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच भएको सहमतिमा नेविसंघको पदाधिकारी र केन्द्रीय समितिमा साठी, चालिसको अनुपातमा भागबन्डा गर्ने सहमति भए पनि उमेरको हदबन्दीबारे केही भनिएको छैन।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...