उपसभामुख माग्दै कमण्डलु लिएर भीख माग्न जाँदैनौ–मिनेन्द्र रिजाल



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले उपसभामुख माग्दै आफ्नो दल सत्तारुढ दल नेकपासँग नजाने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता रिजालले संविधानअनुसार एउटै दलबाट सभामुख र उपसभामुख हुन नपाउने ब्यवस्था भएको उल्लेख गर्दै उपसभामुखका लागि नेकपासँग भीख नमाग्ने बताएका छन् ।

कांग्रेसले उपसभामुखका लागि बार्गेनिङ गर्न उम्मेदवारी दिएन भन्ने बाहिर चर्चा चलिरहेको छ । उपसभामुख निर्वाचित गर्ने हामीसँग प्राप्त मत पनि छैन । तर उपसभामुख माग्दै सत्तारुढ दल नेकपासँग कमण्डलु लिएर गएका छैनौं र जाँदैनौ पनि ।’

कांग्रेस संसदीय दलको निर्णय सुनाउँदै रिजालले सभामुख पद तटस्थ रहनुपर्ने भएकाले आफुहरुले विरोधस्वरुप उम्मेदवारी नदिएका बताए । सभामुखका लागि आफुहरुसँग पर्याप्त मत नभएका कारण तटस्थ रहने पदमा विवाद शिर्जना नगरेको उनले बताए । सभामुखमा निर्विरोध निर्वाचित भएका सापकोटाको ब्यवहारअनुसार प्रतिपक्षले ब्यवहार गर्ने घुमारो चेतावी पनि दिए ।

‘सभामुखले संसदको गरिमा राख्नुहुन्छकि हुँदैन, तटस्थताको गरिमा राख्नुभयो भने हामी उहाँका पक्षमा उभिन्छौ, नभए लोकतान्त्रिक मुख्य मान्यताका आधारमा हामी आफ्नो भूमिका निर्वाह गर्दछौ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...