उपसभामुख माग्दै कमण्डलु लिएर भीख माग्न जाँदैनौ–मिनेन्द्र रिजाल



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले उपसभामुख माग्दै आफ्नो दल सत्तारुढ दल नेकपासँग नजाने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता रिजालले संविधानअनुसार एउटै दलबाट सभामुख र उपसभामुख हुन नपाउने ब्यवस्था भएको उल्लेख गर्दै उपसभामुखका लागि नेकपासँग भीख नमाग्ने बताएका छन् ।

कांग्रेसले उपसभामुखका लागि बार्गेनिङ गर्न उम्मेदवारी दिएन भन्ने बाहिर चर्चा चलिरहेको छ । उपसभामुख निर्वाचित गर्ने हामीसँग प्राप्त मत पनि छैन । तर उपसभामुख माग्दै सत्तारुढ दल नेकपासँग कमण्डलु लिएर गएका छैनौं र जाँदैनौ पनि ।’

कांग्रेस संसदीय दलको निर्णय सुनाउँदै रिजालले सभामुख पद तटस्थ रहनुपर्ने भएकाले आफुहरुले विरोधस्वरुप उम्मेदवारी नदिएका बताए । सभामुखका लागि आफुहरुसँग पर्याप्त मत नभएका कारण तटस्थ रहने पदमा विवाद शिर्जना नगरेको उनले बताए । सभामुखमा निर्विरोध निर्वाचित भएका सापकोटाको ब्यवहारअनुसार प्रतिपक्षले ब्यवहार गर्ने घुमारो चेतावी पनि दिए ।

‘सभामुखले संसदको गरिमा राख्नुहुन्छकि हुँदैन, तटस्थताको गरिमा राख्नुभयो भने हामी उहाँका पक्षमा उभिन्छौ, नभए लोकतान्त्रिक मुख्य मान्यताका आधारमा हामी आफ्नो भूमिका निर्वाह गर्दछौ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...