अग्नि सापकोटा सभामुखमा निर्विरोध निर्वाचित



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टीका नेता अग्नि सापकोटाको सभामुख चयन भएका छन । सभामुख पदका लागि अन्य कसैको मनोनयन नपरेपछि उनी निर्विरोध चयन भएका छन् । प्रतिनिधिसभाको सभामुखमा अग्नि सापकोटामा अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् । आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका उम्मेदवार सापकोटालाई राष्ट्रिय जनता पार्टी ९राजपा०का सांसद लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए ।

 

सापकोटालाई सभामुख प्रस्ताव गर्दै नेम्वाङले भने – हाम्रो चयन उपयुक्त रहेछ

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभाको सभामुखमा आफूहरुले उपयुक्त पात्र चयन गरेको दावी गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा सांसद अग्निप्रसाद सापकोटाको नाम सभामुखमा प्रस्ताव गर्दै उनले आफूहरुको चयन उपयुक्त भएको देखिइसकेको बताए ।

‘हाम्रो चयन उपयुक्त रहेछ भन्ने निश्कर्ष आइसकेको छ, यो संसदका कसैले पनि उहाँको विकल्पमा अर्को प्रस्ताव सार्नुभएको छैन’ उनले भने ।

सापकोटा लामो समयदेखि संसदीय प्रक्रियामा सहभागी रहेको र राजनीतिमा आउनुअघि कुशल शिक्षक रहेकाले सभामुखका लागि उनी उपयुक्त रहेको नेम्वाङले बताए ।

‘लामो समयदेखि यो क्षेत्रमा क्रियाशील हुनुहुन्छ, आफ्नो यो भन्दा अगाडिको जीवनकालमा राम्रो मेहनती शिक्षकको रुपमा क्रियाशील रहनुभएको हो । यी सबै पृष्ठभूमिलाई ध्यान दिएर माननीय अग्निप्रसाद सापकोटाबाट प्रतिनिधिसभाले निर्वाह गर्नुपर्ने भूमिका बहन हुन्छ भने आशा लिएको छु’ उनले भने ।

सापकोटालाई सभामुख बनाइयोस् भन्ने नेम्वाङको प्रस्तावलाई नेकपा सांसद देवप्रसाद गुरुङ, ओनसरी घर्ती र राजपा सांसद लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...