कोरोना भाइरसका कारण ५६ को मृत्यु, ११ सय संक्रमित



हाम्रो इकोनोमि

 

 

कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । आइतबार मात्रै १५ जनाको मृत्यु भएको चीनका अधिकारीहरूले जनाएका छन् ।

चीनमा शनिवार मात्रै थप ६ सय ८८ जनामा संक्रमण देखिएको थियो । यो सँगै १ हजार ९ सय ७५ जना संक्रमित भएको पुष्टि भएको छ ।

चीनको स्वास्थ्य सचिवालयले वुहानमा १ हजार २ सय ३० चिकित्सकको विषेश टोली पठाउने निर्णय गरेको छ । त्यसैगरी सेनाले थप ४ सय ५० र ३ सेनाको चिकित्सक टोली पनि वुहानमा पठाएको चीनको सञ्चार माध्यमहरूले जनाएका छन् ।

कोरोनाभाइरसको महामारी समाप्त नभएसम्म चीनले राष्ट्रव्यापी वन्यजन्तुको व्यापारमा अस्थायी रूपमा प्रतिबन्ध लगाएको छ ।

वुहान शहरमा कोरोनाभाइरस लागेको शङ्का लागेका बिरामीको उपचारका लागि ६ दिनमा तयार हुने गरी अस्पताल बनाउन शुरु गरिएको छ ।

१ करोड १० लाख जनसङ्ख्या भएको वुहानबाट यो सङ्क्रमण शुरु भएको थियो । यो शहरका अस्पतालमा चिन्ताग्रस्त मानिसहरूको भिड लागेको छ र औषधि पसलहरूमा औषधिको अभाव भएको छ। राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार नयाँ अस्पतालमा १ हजार शैय्या हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...