कोरोना भाइरसका कारण ५६ को मृत्यु, ११ सय संक्रमित



हाम्रो इकोनोमि

 

 

कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । आइतबार मात्रै १५ जनाको मृत्यु भएको चीनका अधिकारीहरूले जनाएका छन् ।

चीनमा शनिवार मात्रै थप ६ सय ८८ जनामा संक्रमण देखिएको थियो । यो सँगै १ हजार ९ सय ७५ जना संक्रमित भएको पुष्टि भएको छ ।

चीनको स्वास्थ्य सचिवालयले वुहानमा १ हजार २ सय ३० चिकित्सकको विषेश टोली पठाउने निर्णय गरेको छ । त्यसैगरी सेनाले थप ४ सय ५० र ३ सेनाको चिकित्सक टोली पनि वुहानमा पठाएको चीनको सञ्चार माध्यमहरूले जनाएका छन् ।

कोरोनाभाइरसको महामारी समाप्त नभएसम्म चीनले राष्ट्रव्यापी वन्यजन्तुको व्यापारमा अस्थायी रूपमा प्रतिबन्ध लगाएको छ ।

वुहान शहरमा कोरोनाभाइरस लागेको शङ्का लागेका बिरामीको उपचारका लागि ६ दिनमा तयार हुने गरी अस्पताल बनाउन शुरु गरिएको छ ।

१ करोड १० लाख जनसङ्ख्या भएको वुहानबाट यो सङ्क्रमण शुरु भएको थियो । यो शहरका अस्पतालमा चिन्ताग्रस्त मानिसहरूको भिड लागेको छ र औषधि पसलहरूमा औषधिको अभाव भएको छ। राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार नयाँ अस्पतालमा १ हजार शैय्या हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...