‘कोरोना भाइरस’ बारे डा. रवीन्द्र समीर भन्छन्- यस्ता साबधानी अपनाऔं, डर नमानौं



हाम्रो इकोनोमि

 

 

चीनबाट शुरु भएको ‘कोरोना भाइरस’को संक्रमण अहिले विश्वव्यापीरुपमा फैलिएको छ । यसको संक्रमणबाट चीनमा ५६ जनाको मृत्यु भइसकेको छ भने १२ सय भन्दा बढी संक्रमित रहेको बताइएको छ ।

नेपालमा पनि एक जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टिसँगै यसको सावधानीका उपाय अपनाइएको छ ।
कोरोना भाइरस नेपालमा भित्रिएको पुष्टिसँगै नेपालीहरुमा एक किसिमको त्रास उब्जिएको छ ।

कोरना भाइरसलाई मध्यनजर गर्दै सरकारले समेत काठमाडौं उपत्यकाका अस्पताललाई सतर्क रहन निर्देशन दिएको र संक्रमणको आशंका लागेका व्यक्तिको छुट्टै उपचारको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

कोराना भाइरसबारे विभिन्न विचार तथा अभिव्यक्तिहरु पनि सार्वजनिक भएका छन् । जनस्वास्थ्य बिज्ञ डा. रवीन्द्र समीरले कोरोना भाइरसबारे डर मान्नुपर्ने अवस्था नरहेको बताउँदै उनले सामाजिक सञ्जालमा अपनाउनुपर्ने साबधानीबारे केही जानकारी उल्लेख लेखेका छन् ।

– यो एक प्रकारको रुघा हो, कोरोना संक्रमण र रुघाखोकीका लक्षण उस्तै हुन्छन् ।

– सर्ने माध्यम पनि रुघा सरेजस्तै हो । खोक्दा, छिउं गर्दा, सास फेर्दा, बिरामीका सामान प्रयोग गर्दा, बिरामीले छोएको ठाउँमा छुँदा, मासु राम्रोसंग नपकाएर खाँदा आदि तरिकाबाट सर्न सक्छ ।

– यो रोगको सजिलै पत्ता लाग्ने ल्याब टेस्ट छैन, ठूलो प्रयोगशालामा श्वासप्रश्वास नलीको स्वाब पठाउनुपर्छ ।

– यसको कुनै उपचार छैन । ज्वरो, रुघा, खोकी, टाउको दुख्ने आदिको लाक्षणिक उपचार मात्र गर्ने हो । झोलिलो खाना खाएर अलग्गै कोठामा आराम गर्ने हो ।

– यो रोगको खोप छैन ।

– रोग बढेमा निमोनिया, श्वासप्रश्वास फेलर भएर बिरामीको मृत्यु हुन सक्छ ।

– यो रोग लाग्दैमा मृत्यु हुँदैन | यसको मृत्यु दर २-३ % मात्र छ । बालबालिका, बृद्धबृद्धा, क्यान्सर, एचआईभी, मुटुरोग / मधुमेह लगायतका रोग लागेका व्यक्ति जोखिम समुहमा पर्दछन ।

–चिकित्सक तथा स्वास्थ्यकर्मी पनि जोखिम समूहमा पर्दछन् ।

– सकभर भिडभाडमा नजाने । जस्तै : अस्पताल / सपिंग मल / सिनेमा घर, सार्वजनिक यातायात आदि ठाउँमा नजाने ।

–हामीले आम रुपमा लगाउने मास्क यो रोगमा काम लाग्दैन | N 95 मास्क राम्रोसंग लगाउँदा रोकथाममा उपयोगी हुन्छ ।

– मुख्य कुरा त स्वास्थ्य प्रबर्धन हो | रोगसँग लड्ने क्षमता बढाउने हो भने डर मानुपर्दैन । सागसब्जी, फलफूल, दुध, दाल, गेडागुडी लगायतका स्वस्थकर खाना, नियमित शारीरिक अभ्यास तथा अन्य स्वस्थ जीवनशैली अपनाएमा रोगप्रतिरोधात्मक क्षमता बढ्छ ।

– रोग लागेर मरिन्छ कि भन्ने चिन्ता नगरौं । कोरोनाको बारे धेरै सोंचेर चिन्तित नबनौं । नयाँ रोगहरु आउने, जाने क्रम चलिरहेको छ । साबधानी अपनाउने हो, पेनिक बन्ने हैन ।

प्रतिक्रिया दिनुहोस
भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...

इरान युद्धबाट पछि हट्दै अमेरिका

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौता ‘धेरै हदसम्म तय भइसकेको’...

बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा...

सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...