उपमेयर नेपालीले भनिन् म बिरामी छु, अमेरिकामा लुकेको होइन



हाम्रो इकोनोमि

 

 

अमेरिका पुगेर लुकेको भनिएकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली दर्शनाले स्वास्थ्य समस्याका कारण नेपाल फर्कन नसकेको स्पष्टीकरण दिएकी छन् । आफूले बारम्बार फोन गर्दा पनि मेयरले नउठाएको उनको दाबी छ ।

अमेरिकामा आयोजित एक गोष्ठीमा भाग लिन कात्तिकको पहिलो साता दर्शना अमेरिका गएकी थिइन् । करिब एक महिनादेखि उनी आफूसित सम्पर्कमा नरहेको तिलागुफाका मेयर रतन शाहीले सञ्चारमाध्यमलाई बताएका थिए । साथै उनको फेसबुक अकाउन्ट पनि निष्कृय भएको थियो ।

विवाद आएपछि उपमेयर नेपालले आफ्नो फेसबुक पुन एक्टिभ गर्दै स्टाटस लेखेकी हुन् । आफू बिरामी भएर नेपाल फर्किन नसकेको र उपचारका लागि अझै ५ महिना लाग्ने उनले बताएकी छन् ।

आफूलाई लागेको रोगका विषयमा भने जानकारी गराएकी छैनन् । नेपालीका अनुसार उनलाई भारतीय डाक्टर अञ्जीर कुमारले उपचार गरिरहेका छन् । उनले आफ्नो घाउमा नुन खुसार्नी नछर्कन अनुरोध गरेकी छन् ।

उनको स्टाटस यस्तो छ :

सम्पुर्ण सुभचिन्तक हरुमा नमस्कार !

म आराम छैन । तपाईंहरु आराम हुनुहुन्छ भन्ने विश्वास छ ।

ओरालो लागेको मृगलाई सबैले खेद्छ्न भन्थे हो रहेछ । आज आएर बुझ्दै छु ।

म हराएको पनि छैन । म कतै लुकेको पनि छैन । म मेयर रतन शाहीलाई जानकारी नदिएर पनि आएको होइन उहाँले नै भ्रमण स्वीकृत गरेर आएको हो ।

अमेरीकाबाट बारबार फोन गर्दा, कार्यालयमा मेयरलाई सम्पर्क गर्दा उहाँको फोन कहिले पनि उठेन र प्रमुख प्रशासकिय अधिकृत उद्धव रिजालजीसँग पनि कुरो भएको हो । वार्ड अध्यक्षहरुसँग पनि कुरो भएको हो । कतैबाट केही प्रतिक्रिया आएन ।

सहयोग त झन् कुरै भएन । अमेरिका आउँदाको प्लेन टिकट पनि नगरले पैसा हालेको नभएर मैले पनि बारबार माग्ने जस्तो कति चोटि कल गर्नु ।

मेयरलाई मेरो के मतलब र याद हुने कुरो पनि भएन र बारबार भिख मागिनँ । मैले सोचेँ म बरु मर्छु, तर सरकारी पैसामा उपचार गर्दिनँ, माग्दिन पनि किन कि मलाई मेरो प्लेन टिकटको पैसा त मेरो दाजुहरु पार्वत जी नेपाली/कालीप्रसाद पाण्डे दाजु र सुनिता पाण्डेले हाल्नुभएको हो । त्यसेले मागिनँ । त्यसपछि मैले सरकारको सुक्का पैसा पनि मलाई चाहिएन कसैले दिए पनि भनेको हो ।

अहिले म राम्रोसङ्ग बोल्न पनि सक्दिन । अलि अलि चल्न सक्ने भएको छु । यसको सबै उपचार भारतकी डा. अञ्जीरकुमार ले गर्दै हुनुहुन्छ । म पूर्ण रुपमा निको हुन अझै समय लाग्छ ५ महिना भनेको छ ।

तिलागुफाका जनताहरुको माया-ममता ममा सधै छ र भैराख्ने छ । मैले नगरपालिका संघका महासचिव भीमप्रसाद ढुंगानाजीलाई पनि भनेकै हो बरु उहाँ र हाम्रो कलानिधि देवकोटा कार्यकारी अधिकृत नगरपालिका संघको तर्फबाट सहयोग गरौला भन्दै हुनुहुन्थ्यो । मलाई सरकारी पैसाको उपचार नगराउने भनेर पर्दैन भनेँ ।

मान्छेको शरीर न हो कहिले कहाँ के हुन्छ कसैलाई पत्तै नहुने रहेछ । जसरी भए पनि बाच्नै पर्ने देशमा रोगी नेताले सबै पैसा सिध्याए पनि हामीले नै भन्ने फेरि मलाई उपचार गर भन्न पनि मेरो नैतिकले दिएन । तेसैले मैले सहयोग मागि‌नँ। गल्ती गरे माफ माउँ ।

जिन्दगीमा अरु केही नजाने पनि असल मान्छे कमाउन जानेकी छु । मैले बस उहाँहरुकै साथ सहयोग भए पुग्छ मलाई । अब मेरो समाचार बनाउदै पेट पाल्नेहरुलाई मेरो भन्नू केही छैन र मेरो स्वास्थभन्दा ठूलो केही छैन । कृपया मलाई बाच्न दिनुहोस् । म बाँचे त अरुको सेवा गर्न सक्छु यदि म नै राम्रो भएन भने ? म दुनियाँकै शक्तिशाली भए पनि केही छैन मलाई ।

अब मेरो बारेका के भन्न मन लाग्छ लेख्न मन लाग्छ आफै भन्नुहोस् । के गर्ने हो गर्नुहो । मेरो घाउमा नुन-खुर्सानी हाल्ने काम कृपया नगरिदिनुहोला । मलाई जिम्मेवारीका बारेमा राम्रोसङ्ग थाहा छ यति कुरा बुझेकी छु जस्तो लाग्छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...