अग्नी सापकोटाका : संसदबाट सभामुख घोषणा, सर्वाेच्च अदालतमा सुनुवाई



हाम्रो इकोनोमि

 

 

सभामुखमा निर्विरोध भएका नेकपा स्थायी कमिटीका सदस्य अग्नीप्रसाद सापकोटाका लागि आज दुई संयोग परेका छन् । प्रतिनिधिसभाबाट आज सभामुखमा घोषणा हुँदैछन् भने सर्वाेच्च अदालतमा उनीबिरुद्धको रिटमा सुनुवाई हुँदैछ ।

चौतर्फी विरोधका बाबजुत सापकोटा नेपालको नयाँ सभामुख बन्दैछन् । तर उनीमाथी काभ्रेका अजुृन लामोको  अभियोग छ । सापकोटाले सभामुखमा उम्मेदवारी दिएलगतै माइतिघरमा प्रर्दशन भइरहेको छ भने वरिष्ठ अधिबक्ता दिनेश त्रिपाठीले सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् । रिटको सुनुवाई आज हुँदैछ । रिटमा अन्तरिम आदेश मात्र पनि आयो भने सापकोटाका लागि नैटिक संकट आउनेछ ।

उता सापकोटा आज प्रतिनिधिसभाबाट सभामुखमा घोषणा हुँदैछन् । उनी बाहेक अरु कसैको उम्मेदवारी नपरेपछि आज दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभाबाट सभामुख चयन हुँदैछन् । आजै नै सपथ लिने र पदभार ग्रहण गर्ने तयारी पनि गरिएको छ । सर्वाेच्च अदालतको आदेशले कुनै फरक नपारे उनी देशको नयाँ सभामुख हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...