प्रचण्डले भने : पार्टीले सरकारलाई नेतृत्व गर्ने हो



हाम्रो इकोनोमि

 

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले पार्टी होइन, पार्टीले सरकार चलाउने बताएका छन् । जनयुद्धका बेला ‘बन्दुकले पार्टी होइन, पार्टी बन्दु चलाउने हो’ भन्ने गरिएको स्मरण गर्दै उनले भने, सत्ताले पार्टी चलाउने होइन । विवेकले सत्ता चलाउने हो ।’ सरकारको २ वर्ष न निराशाजक न उत्साहवर्द्धक भयो भन्नसक्ने स्थिति रहेको उनको टिप्पणी छ ।

नवलपुरमा आयोजित पार्टी प्रशिक्षणमा प्रचण्डले पार्टी कमिटीहरु नहुँदा सरकारका राम्रा कामको पनि प्रचार हुन नपाएको बताए । साथै प्रदेश र स्थानीय सरकार गल्ती कमजोरी सच्याउन पनि पार्टी कमिटीको अभाव भएको बताए ।

स्थानीय सरकारहरुमा राम्रा काम पनि भएको तर अराजकता र अनियमिताको गुनासो पनि आएको बताए । यसको जिम्मा पार्टीले लिनुपर्ने भन्दै उनले भने ‘पार्टीले सरकारलाई नेतृत्व गर्ने हो, सरकारले पार्टीलाई नेतृत्व गर्ने होइन ।’

हरेक कम्युनिस्ट पार्टीको सिद्धान्त नै यही भएको भन्दै उनले सत्ताले पार्टी चलाउन नहुने बताए । पार्टी भनेको विवेक हो, विचार हो, सिद्धान्त हो, आर्दश हो र पार्टीले सरकारलाई आफनो सिद्धान्त, मूल्यमान्यतातिर लान सक्नुपर्छ ।’

‘केही ढिलो भयो तर बिग्रिएको छैन’ भन्दै उनले बाँकी ३ वर्ष पार्टीलाई एकतावद्ध गरेर जनतामा गयौं, जनताका समस्यालाई नजिकबाट समाधान गर्ने, एकाकार हुयौं भने जनतालाई पार्टीतिर आकर्षित गर्न सकिने धारणा राखे ।

यसका लागि आगामी बजेट बजेट लोकप्रिय ल्याउनुपर्नेमा समेत जोड दिए । ‘पहिलो भन्दा दोस्रो केही अगाडि बढ्यो । अबको बजेट चाहिँ पुरै लोकप्रिय हुनुपर्छ भन्ने हाम्रो मत छ । जनभावनालाई विचार गरेर लोकप्रिय बजेटका रुपमा आउनुपर्छ ताकि पार्टीप्रति जनतालाई फेरि उतसहित गर्न सकियोस्’ उनले भने । उनले २ वर्षमा विकास निर्माणका काम युद्धस्तरमा अगाडि बढाउन जरुरी रहेको बताएका छन् ।

सीमा सम्वादबारे कुरा भएको छ

नेकपा अध्यक्ष प्रचण्डले सीमा समस्याबारे भारत र नेपालका प्रधानमन्त्री स्तरमा सम्वाद भएको दाबी गरे । सुस्ता र कालापानीको सीमामा समस्या रहेको भनेर दुबै देशले स्वीकार गरेको तर भारतले नयाँ नक्सा जारी गर्दा लिपुलेक, लिम्पियाधुरालाई समेत आफ्नो नक्सामा पारेपछि समस्या आएको भन्दै उनले भने, ‘हामीले डिप्लोमेटिक नोट पठाइएका छौं । प्रधानमन्त्री लेभलमा लेभलमा कुराकानी भएको छ र भारतले वार्ता र सम्वादबाट समाधान गर्न तयार छौं भनेर भनेको छ ।’

प्रतिक्रिया दिनुहोस
हुण्डी कारोबारको अभियोगमा राजेन्द्र रिजाल पक्राउ

    एक अर्ब ८९ लाखको हुण्डी कारोबार गरेको अभियोगमा एक जना पक्राउ...

तल्लो तहमा सर्वदलीय संवाद गर्ने नौ दलको सहमति

    सामाजिक सद्भाव कायम राख्न नौ दलले पार्टीको तल्लो संरचनामा सर्वदलीय संवाद...

प्रधानमन्त्री र गृहमन्त्री नै गएनन् रविले बोलाएको सर्वदलीय बैठकमा

    सरकारको नेतृत्वकर्ता दल रास्वपाको आह्वानमा सुरु भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र...

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा...