नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास



हाम्रो इकोनोमि

 

 

एमसिसिका बिषयमा नेपालभित्र चर्काे बहस भइरहेका बेला नेपाली र अमेरिकी सेनाबीच एक महिना लामो संयुक्र अभ्यास हुने भएको छ । काठमाडौंमा आगमी फागुन ५ देखि नेपाली र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुने स्रोतले बताएको छ । नेपाल र अमेरिकी सेनाबीच यअसघि पनि संयुक्त सैन्य अभ्यास भइसकेका छन् ।

काठमाडौंका दुई स्थानमा संयुक्त सैन्य अभ्यास हुने भएको छ । नेपाल आर्मीको छाउनी ब्यारेक र भक्तपुरको नगरकोटमा संयुक्त अभ्यास गर्ने नेपाली सेनाको एक उच्च अघिकृतले बताए । लामो समयको छलफलपछि दुई देशका सेनाबीच संयुक्त अभ्यास हुन लागेको हो । संयुक्त अभ्यासका लागि नेपाली सेनाले नेपाल सरकारको अनुमति लिइसकेको छ ।

संयुक्त अभ्यासमा ३६ नेपाली सेना र ९ अमेरिकी सेना सहभागी हुनेछन्। एक महिना अभ्यासका क्रममा नेपाल र अमेरिकाका सेनाबीच अन्तर्राष्ट्रिय मानवीय कानुन, घाइतेको उद्धार र सहरी विद्रोह नियन्त्रणमा अभ्यास हुने ति अधिकृतले बताए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...