नेपाल एयरलाइन्सका २० पाइलटले सामूहिक राजीनामा दिए



हाम्रो इकोनोमि

 

 

नेपाल एयरलाइन्सका २ दर्जन पाइलटले एकसाथ सामूहिक राजीनामा दिने चेतावनीसहितकाे पत्र  बुझाएका छन । ‘राजीनामा नाेटिस’ लेखिएकाे चेतावनी पत्रमा २० पाइलटकाे हस्ताक्षर छ ।

सेवा–सुविधा कम भएको, विदेशी र स्वदेशी पाइलटलाई विभेद भएको भन्दै ए ३२० र ए ३३० जहाज जहाज उडाउने २ दर्जन पाइलटले बिहीबार साँझ व्यवस्थापनसमक्ष लिखित पत्र बुझाएका छन् ।

राजीनामाकाे चेतावनीसहित पत्र  दिनेहरु सबै पाइलट अन्तर्राष्ट्रिय उडानका जहाज उडाउने हुन् । उनीहरूले ३ महिनामा माग पूरा नभए राजीनामा दिने पत्रमा उल्लेख गरेका छन । व्यवस्थापनबाट राजीनामा स्वीकृत भएमा निगमका अन्तर्राष्ट्रिय उडान प्रभावित हुनेछन् । निगमका पाइलट लामो समयदेखि सेवा–सुविधाको विषयलाई लिएर रुष्ट थिए ।

निजि क्षेत्रको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले एकै पटक एयरबस थप्ने तयारी गरिरहँदा आएको सामूहिक राजीनामा दिने चेतावनीले राष्ट्रियध्वजावाहकलाई थप धक्का पुग्ने ठानिएको छ ।

यसअघि नेपाल वायु सेवा निगमका मदन खरेलले पनि निगमको कार्यकारी अध्यक्ष पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गर्दै तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालयकै सचिव केदारबहादुर अधिकारीलाई रिक्त अध्यक्षको जिम्मेवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...