बिहेको मुखमा बेहुलाका बाबुले बेहुलीकी आमा भगाइदिएपछि…



हाम्रो इकोनोमि

 

 

भनिन्छ, प्रेम अन्धो हुन्छ । तर, कति अन्धो हुन्छ यो भने बुझ्न सकिएको छैन । प्रेम जवानीमै हुनुपर्छ भन्ने पनि छैन । प्रेम कुनै पनि उमेरमा हुन सक्छ । तर, स्थिति त्यतिबेला अप्ठ्यारो बन्छ जब हुनेवाला बेहुलाका पिताले हुनेवाली बेहुलीकी आमा भगाइदिन्छन् । यस्तो घटना भारतको गुजरातको सूरत जिल्लामा भएको  आज तकले लेखेको छ ।

यहाँ फेब्रुअरीमा एक जोडीको बिहे हुनेवाला थियो । तर, बिहेभन्दा पहिल्यै बेहुलाका पिताले बेहुलीकी आमा भगाइदिए । घटनापछि दुवै परिवारमा विवादसमेत भएको छ । हुनेवाला जोडीको विवाह तोडिएको छ । दुवै परिवारका अनुसार बेहुलाका पिता र बेहुलीकी आमाबीच पहिल्यैदेखि चिनजान थियो । अब दुवै परिवारले उनीहरुले बिहे गरिसकेको हुन सक्ने आशंका गरेका छन् ।

सूरतको काटरगामका युवकको बिहे नवसारीकी युवतीसँग हुनेवाला थियो । पुलिसका अनुसार बिहेको ठिक एक महिना अगाडि बेहुलीकी आमा घरबाट बेपत्ता भइन् । धेरै खोज्दा पनि नभेटेपछि परिवारले पुलिसमा गएर बेपत्ता भएको रिपोर्ट लेखाए । जाँचमा बेहुलाका पिता पनि त्यही दिनदेखि बेपत्ता भएको खुलासा भयो । भागेका दुवै अहिलेसम्म भेटिएका छैनन् । पुलिसमा रिपोर्ट गरेको १० दिन पछि दुवै परिवारले हुनेवाला वैवाहिक सम्बन्ध तोडे । यी दुईको विवाह १ वर्ष पहिले तय भएको थियो ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...