बिहेको मुखमा बेहुलाका बाबुले बेहुलीकी आमा भगाइदिएपछि…



हाम्रो इकोनोमि

 

 

भनिन्छ, प्रेम अन्धो हुन्छ । तर, कति अन्धो हुन्छ यो भने बुझ्न सकिएको छैन । प्रेम जवानीमै हुनुपर्छ भन्ने पनि छैन । प्रेम कुनै पनि उमेरमा हुन सक्छ । तर, स्थिति त्यतिबेला अप्ठ्यारो बन्छ जब हुनेवाला बेहुलाका पिताले हुनेवाली बेहुलीकी आमा भगाइदिन्छन् । यस्तो घटना भारतको गुजरातको सूरत जिल्लामा भएको  आज तकले लेखेको छ ।

यहाँ फेब्रुअरीमा एक जोडीको बिहे हुनेवाला थियो । तर, बिहेभन्दा पहिल्यै बेहुलाका पिताले बेहुलीकी आमा भगाइदिए । घटनापछि दुवै परिवारमा विवादसमेत भएको छ । हुनेवाला जोडीको विवाह तोडिएको छ । दुवै परिवारका अनुसार बेहुलाका पिता र बेहुलीकी आमाबीच पहिल्यैदेखि चिनजान थियो । अब दुवै परिवारले उनीहरुले बिहे गरिसकेको हुन सक्ने आशंका गरेका छन् ।

सूरतको काटरगामका युवकको बिहे नवसारीकी युवतीसँग हुनेवाला थियो । पुलिसका अनुसार बिहेको ठिक एक महिना अगाडि बेहुलीकी आमा घरबाट बेपत्ता भइन् । धेरै खोज्दा पनि नभेटेपछि परिवारले पुलिसमा गएर बेपत्ता भएको रिपोर्ट लेखाए । जाँचमा बेहुलाका पिता पनि त्यही दिनदेखि बेपत्ता भएको खुलासा भयो । भागेका दुवै अहिलेसम्म भेटिएका छैनन् । पुलिसमा रिपोर्ट गरेको १० दिन पछि दुवै परिवारले हुनेवाला वैवाहिक सम्बन्ध तोडे । यी दुईको विवाह १ वर्ष पहिले तय भएको थियो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...