फुटबल हेर्न गएका श्रीमान, श्रीमतीले टिभीमा गर्लफ्रेण्डसगँ किस गरेको लाइभ देखेपछि…



हाम्रो इकोनोमि

 

एक विवाहित व्यक्तिलाई गर्लफ्रेण्डसँग प्रेमालाप गर्दै खेल हेर्नु निकै भारी परेको छ । इक्वेडरका देवेइ एन्ड्रेड नामका ती व्यक्तिले स्टेडियममा बसेर बार्सिलोना र डेलफिनको फुटबल खेल हेरिरहेका थिए । उनकी गर्लफ्रेण्ड उनको छेउमै थिइन् । संसारलाई बिर्सेर बसेका ती व्यक्तिले खेल हेर्ने क्रममा गर्लफ्रेण्डलाई किस गरिरहेका थिए ।

ती व्यक्तिलाई रत्तिभर पत्तो थिएन कि खेल लाइभ कभर गरिरहेका क्यामेराले उनको यो हर्कत पनि कभर गरिरहेका थिए । उनीहरुको हर्कत स्टेडियममा जडित ठूला क्रिनसँसै टिभीमा पनि लाइभ प्रसारण भइरहेको थियो । जब देवेइलाई महसुस भयो कि उनको भिडियो लाइभ भइरहेको छ, उनी सचेत भए । तर, त्यतिबेलासम्म ढिलो भइसकेको थियो । उनकी श्रीमतीले घरमा बसेर टिभीमा यही खेल हेरिरहेकी थिइन् जसले देवेइको चर्तिकला पनि देखिसकेकी थिइन् ।

देवेइको हर्कत देखेपछि उनकी श्रीमती घर छाडेर गइन् । यो भिडियो इक्वेडरसहित विश्वभर भाइरल भइरहेको छ । भिडियो भाइरल भएपछि र श्रीमती घर छाडेर गएपछि देवेइले इन्स्टाग्राममा सार्वजनिक रुपमा एक पोस्ट लेखेर आफ्नो गल्तीको लागि माफी माग्दै श्रीमतीलाई घर फर्कन आग्रह गरेका छन् । भिडियो भाइरल भएपछि र आफूमाथि व्यङग्य हुन थालेपछि उनले मानिसबाट नै गल्ती हुने भन्दै मानिसहरुलाई यो मुद्दा छाड्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...