राष्ट्रिय सभा निर्वाचन : नेपाली कांग्रेस जिरो, नेकपा हिरो, राजपाले पनि २ सिट पड्कायो



हाम्रो इकोनोमि

 

बिहीबार भएको राष्ट्रियसभा सदस्यको निर्वाचनबाट १८ जना सांसद चुनिएका छन्। राष्ट्रिय सभाका १८ सिटका लागि बिहीबार निर्वाचन भएकोमा कांग्रेसले ७ सिट गुमाएको हो। १८ सिटमध्ये नेकपाले १६ र राजपाले २ सिटमा बाजी मारेका हुन्। नेकपाले भने राष्ट्रिय सभामा पहिलेको भन्दा ८ सिट बढोत्तरी गरेको छ। योसँगै नेकपाले राष्ट्रियसभा दुई तिहाइ बढी संख्या प्राप्त गरेको छ ।

 

राष्ट्रियसभा निर्वाचनमा प्रदेश दुईमा नेकपा– राजपा र काँग्रेस समाजवादीबीच तालमेल भएको थियो । भने अन्य प्रदेशमा विशेषत नेकपा र काँग्रेसबीच प्रतिस्पर्धा भएको थियो । गोलाप्रथाबाट दुईवर्षे कार्यकाल परेका कारण राष्ट्रिय सभाका १९ जना सांसद फागुनमा समय अवधि सकिँदैछ । नयाँ निर्वाचित सांसदहरुले फागुन २१ देखि मात्र जिम्मेवारी पाउनेछन्। ५९ सदस्यीय राष्ट्रिय सभामा अब नेकपा ४७, काँग्रेस ६, राजपा २, समाजवादी १ र मनोनीत ३ जाने हुने छन् ।

 

 

राष्ट्रि सभा सदस्यमा विजयीहरु:

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...