बाबुराम भट्टराईले भने : प्रचण्ड थाकेर एमालेमा गएका हुन्



हाम्रो इकोनोमि

 

 

पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिमा शिथिल भईसकेको टिप्पणी गरेका छन् । उनले विगतमा गरेको राजनीतिका कारण प्रचण्ड थाकेर एमाले नाम गरेको चौतारीमा विश्राम लिन गएको टिप्पणी गरेका हुन् । निक्कै खरो रुपमा उत्रिएका भट्टराईले सरकारले अवौं भ्रष्टाचार गर्दा पनि पोखराका सुकुम्बासीको समस्या समाधान गर्न नसकेको भन्दै कटाक्ष गरेका थिए । पैसा खर्च गरेर चुनाव जित्ने परिपाटीको अन्त्य हुनुपर्ने नत्र देश भ्रष्ट्रहरुको चंगुलबाट माथी नउठ्ने उनको दावी छ ।

‘ठेक्कापट्टा गर्नेहरु, कमिशन खोरहरु र रातारात भ्रष्टाचार गरेर धनी हुनेहरुले मात्रै चुनाव जित्ने जुन अवस्था बन्यो । त्यसको विकल्पमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र सबै जाति क्षेत्र समुदायको समानुपातिक प्रतिनिधित्व हुने संसदले राजनीतिक स्थिरता र दीगो विकासको आधार तयार गर्छ भन्यौं । तर यो संंविधानमा समेटिएन,’

उनले भने, ‘यस्ता त्रुटीहरु संविधानमा भएकै कारण विभिन्न दलमा भएका मान्छेहरुले बाँकी कामलाई पूरा गर्दै शासकीय स्वरुपलाई परिवर्तन गर्ने, पहिचान सहितको संघीयता स्थापित गर्ने र लोकतन्त्रलाई पूर्णता दिन समाजवादी धार अघि सारेका हौं ।’ काँग्रेस र एमालेलाई पटक पटक ब्यहोर्दा पनि परिवर्तन नभएका कारण आफुहरु विकल्पमा अघि सरेको उनको तर्क छ ।

उनले नेकपा केही ठूलो जस्तो लागेपनि त्यो भ्रम मात्रै भएको टिप्पणी गरे । ‘गत निर्वाचनमा चरम राष्ट्रवादको नारा दिएर केपी ओलीको नेतृत्वमा नेकपा अगाडी आयो । मेरै मित्र प्रचण्ड जनयु द्धसँग थाकेर एमालेको चौतारीमा भारी बिसाउन जानुभो,’ उनले भने, ‘यसले केही ठूलो शक्ति जस्तो देखिन पुग्यो । जनताले त्यही भएर नेकपा डवललाई मत दिनुभो । तर दुई वर्षसम्म यो सरकारले केही दिन सकेन । त्यसैले अव भ्रममा नपर्नुस् ।’

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...