कोरोना भाइरसबाट मर्नेको संख्या १७ पुग्यो, नेपालमा पनि महामारी फैलने खतरा



हाम्रो इकोनोमि

 

 

कारोना–भाइरसको संक्रमण उद्गम भएको उहान सहरको सार्वजनिक यातायात अस्थायी कालका लागि बन्द गरिएको छ । १ करोडभन्दा बढी जनसंख्या भएको उक्त सहर अहिले उराठ बनेको छ ।

चिनियाँ अधिकारीले बिहिबारबाट लागु हुने गरी उहान आउजाउ गर्ने सम्पूर्ण हवाई उडान, यात्रुवाहक रेलसेवा बन्द हुने बताएका छन् । त्यस्तै सार्वजनिक बस सेवा, फेरी सेवामा पनि प्रतिबन्ध लागु हुनेछ ।

यी कदम महामारी विस्तार हुनबाट रोक्न उठाइएको भाइरस नियन्त्रण गर्न उहानमा गठन भएको विशेष केन्द्रले बतायो ।

यस अघिनै उहानका सर्वसारधणलाई समूहमा भेला नहुन र सार्वजनिक कार्यक्रमम सकेसम्म कम गर्न सुझाव दिइएको थियो ।

सहरवासीलाई पनि सहर नछाड्न सल्लाह दिइएको छ । यो हप्ता चीनमा नयाँ वर्षको उत्सव सुरु हुन लागेको छ, यस क्रममा करोडौं चिनियाँ बिदा मनाउन घरतर्फ यात्रा गर्छन् ।
अघिल्लो वर्षको लुनार नयाँ वर्षमा सात लाख मानिस जम्मा भेला भएको उहानको गुइयान मन्दिरको कार्यक्रम यो वर्ष रद्द गरिएको छ ।

स्वासप्रश्वासलाई प्रभावित बनाउने यो रोग चीनको अन्य भागमा पनि फैलिएको छ ।
चीनबाट बाहिर थाइल्याण्ड, दक्षिण कोरिया, जापान र पछिल्लो समय अमेरिकामा पनि भाईरसबाट संक्रमित भेटिए पछि विश्वभर प्रकोपले महामारीको रुप लेला भन्ने चिन्ता बढेको छ ।

हालसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाको पुष्टि भएका विरामीको संख्या ५०० पुगिसकेका छ र १७ को मृत्यु भइसकेको छ ।

उहानबाट सुरु भएको प्रकोपको लागि जिम्मेबार भाइरसलाई २०१९–एनसीओभी नाम दिइएको छ । तथापि २००२ तिर विश्वभर झण्डै ७५० को ज्यान लिएको सार्स पनि कोरोनाभाइरसले लगाएको थियो ।

हुनत हामीलाई लाग्ने सामान्य रुघा खोकीका लागि पनि कोरोनाभाइरसकै एक प्रकार जिम्मेबार हुन्छ । मर्नेमध्य सबै उहान सहर रहेको हुवेई प्रान्तका मानिस छन् ।
बुधबार कोरोनाभाइरसको प्रकोपलाई अन्तराष्ट्रिय स्वास्थ संकटकाल घोषणा गर्ने, नगर्ने विषयमा जेनेभामा विश्वा स्वास्थ संगठनको वैठक बसेको थियो ।

एक दिने उक्त वैठकले अहिले नै भाइरसको प्रकोपलाई ‘विश्वव्यापी संकटकाल’ घोषणा गर्नुपर्ने स्थिति नरहेको निर्णय ग¥यो ।

तथापि स्वास्थ विज्ञको वैठक पुन बिहिबार पनि बोलाइएको छ ।
विश्वव्यापी संकटकाल विश्व स्वास्थ संगठनले घोषणा गर्न सक्ने सबैभन्दा ठूलो स्तरको सतर्कता हो ।

विगतमा स्वाईन फ्लू, जिका भाइरस र इबोलाको प्रकोपको समयमा विश्व स्वास्थ संगठनले विश्वव्यापी स्वास्थ संकटकाल घोषणा गरेको थियो ।
उहान सहरमा उठाइएको कदमलाई विश्वस्वास्थ संगठनले स्वागत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...

गगनसँग सति जान सकिँदैन : मोहन बस्नेत

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...

एमाले बागमती सरकारका ६ मन्त्रीको राजीनामा

    बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका...