चिनी मिल मालिकलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन



हाम्रो इकोनोमि

 

 

कतिपय चिनी मिल संचालकहरुले सम्झौता भएअनुसार हिजो (मंगलवार) ७ गतेभित्र उखु किसानहरुलाई उखुको रकम भुक्तानी नगरी सम्पर्कविहिन बनेपछि उद्योग मन्त्रालयले ती संचालकहरुलाई पक्राउ गरी सम्पर्कमा ल्याईदिन अनुरोध गर्दै आज बुधबार अपरान्ह गृहमन्त्रालयलाई पत्राचार गरेको छ ।

मन्त्रीस्तरीय निर्णय गरेर कतिपय चिनी मिल मालिकलाई खोजतलास गरी सम्पर्कमा ल्याईदिन अनुरोध गर्दै आज गृहमन्त्राललाई पत्रचार गरेको मन्त्रालयका सहसचिव ध्रुव घिमिरेले जानकारी दिएका छन् । मन्त्रालयका अनुसार सबैभन्दा बढी समस्या देखिएका र सम्पर्कमा नरहेका अन्नपूर्ण, ईन्दिरा, महालक्ष्मी, बागमती, श्रीराम र लुम्वीनी चिनी मिलका संचालकहरुलाई पक्राउ गरी उद्योग मन्त्रालयमा उपस्थित गराउन यसरी पत्राचार गरिएको हो ।

महालक्ष्मी चिनी मिलका संचालक कांग्रेसका नेता एवं र्सांसद विरेन्द्र कनौरिया हुन भने अन्नपूर्ण र ईन्द्रेणीका मालिक राकेश अग्रवाल रहेका छन् । जो मन्त्रालयको सम्पर्क बाहिर रहेको बताईन्छ । त्यस्तै उद्योग मन्त्रालयले अन्नपूर्ण चिनी मिलले उखु किसानहरुलाई भुक्तानी गर्ने रकमका सम्बन्धमा उर्जा मन्त्रालयमार्फ विद्युत प्राधिकरण र श्रीराम चिनी मिलले भुक्तानी गर्नुपर्ने रकम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आवश्यक समन्वय गर्न पत्राचार गरेको छ ।

उता गएको पुस १८ गते सरकार र उखु किसानहरुबीच भएको सम्झौता अनुसार हिजो माघ ७ गतेभित्र उखु किसानहरुको भुक्तानी गरिसक्नुपर्ने थियो । तर किसानहरुले भुक्तानी नपाएको उखु उत्पादक संघका अध्यक्ष कपिल मैनालीले बताएका छन् । मन्त्रालयले भने आंशिक रुपमा भुक्तानी भईरहेको बताएको छ । त्यस्तै उद्योग मन्त्रालयका सहसचिव घिमिरेले उखु किसानहरुलाई अनुदानबाट सरकारले उपलब्ध गराउने एक अर्ब ९ करोड रुपैयाँमध्ये ७१ करोड रुपैयाँ सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निकासा गरिसकेको बताएका छन् । बाँकी रकम पनि आवश्यक प्रकृया पुर्याएर निकासा दिने बताए ।

सरकार र उखु किसानबीच गएको पुस १८ गते भएको सहमति अनुसार चिनी उद्योगीले दिनुपर्ने एक अर्ब २० करोड भुक्तानी दिन बाँकी छ । समितिका अनुसार उखु किसानले उद्योगबाट पाउनुपर्ने एक अर्ब २० करोडमध्ये अहिलेसम्म जम्मा १५ करोड रुपैयाँमात्र भुक्तानी पाएका छन् ।

उखु किसान संघर्ष समितिले शुक्रबार तिनै तहको सरकारसँग छलफल गर्ने जनाएको छ ।
भुक्तानी नदिनेमा सर्लाहीको बागदहमा रहेको महालक्ष्मी सुगर मिलले १० करोड, अन्नपूर्ण सुगर मिल धनकौलले ३५ करोड, श्रीराम सुगर मिल रौतहटले ४२ करोड र नवलपरासीको इन्दिरा सुगर मिलले ९ करोड रुपैयाँ रहेको छ ।

अहिलेसम्म महालक्ष्मी सुगर मिल बगदहले ११ करोड ५० लाख, अन्नपूर्ण सुगर मिल धनकौलले ३ करोड ९० लाख र इन्दिरा सुगर मिल नवलपरासीले ७४ लाख रुपैयाँ रकम भुक्तानी गरेका छन् ।

उखु किसानहरुले आफूले वाषर््ैदेखि उखुको मूल्य नपाएपछि दुई साताभन्दा बढी राजधानीमा आन्दोलन गरेपछि चिनी उद्योगीले माघ ७ गतेसम्म सबै रकम भुक्तान गर्ने सहमति गरेका थिए । तर समयसिमा घर्किसक्दा पनि चिनी उद्योगले भनेअनुसार नगरेपछि उद्योग मन्त्रालयले उनीहरुलाई पक्राउपुर्जी जारी गर्नको लागि गृहलाई पत्र पठाएको हो ।

सहमतिअनुसार केही उद्योगीले बक्यौताको थोरै रकम दिए । तर, उनीहरूले निधारित समय काटिसक्दा पनि भुक्तानी दिन सकेनन् । उनीहरूले चिनी उद्योगबाट थप अझै ९९ करोड ५१ लाख बक्यौता पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...