गगनलाई सभापति बनाउन सौराहामा गोप्य भेला



हाम्रो इकोनोमि

 

 

नेपाली काँग्रैस काठमाडाैँ क्षेत्र नं ४ लाइ १४ औँ महाधिवेशन लाग्न थालेकाे छ । कमजाेर संगठन तथा नेताका फेराे समाउनेहरू धेरै भएकाे मानिने यस क्षेत्रबाट गगन थापा नियमितरूपमा निर्वाचित हुने गरेका छन् ।  अन्तरपार्टी अन्तर्द्वन्द्वकाे भूमरीमा रहेकाे काठमाडाैँ क्षेत्र नं ४ मा सांसद गगन थापा, सभापति राजु श्रेष्ठ तथा नेता प्रकाशमान सिंह त्रिपक्षीय गुट सक्रिय छ । १३ महिनापछि हुने भनिएकाे १४ औँ महाधिवेशनका लागि यी गुटहरू  विस्तारै गुटगत अभ्यासमा सक्रिय हुन थालेका छन् ।

यसैबीच माघ ६ गते इकाइ सभापतिहरूसहित केही नेताहरू साैरहामा पुगेर सामाजिक सन्जालमा फाेटाे पाेस्ट गरेपछि क्षेत्र नं ४ काे राजनीतिमा तरङ्ग पैदा भएकाे छ ।  गगन थापासँग निकट भनिएका नेताहरूसँग इकाइ सभापतिहरूसहितकाे एकहुल एकाएक शीतलहरमा साैराहा पुग्नुलाइ धेरैले आश्चर्यजनक मानेका छन् ।

 

गगन थापाका निकट भनिएका श्याम संगत, विनाेद चालिसे, इन्द्र थापा, गणेश काेइरालासहित अधिकांश इकाइ सभापति साैराहा पुगेका छन् । यसरी साैरहा जानेहरूमा बुढानिलकण्ठ नगरपालिकाका २ र १२ तथा महानगरका वडा नं १ का सभापतिबाहेक अन्य सबै परेका छन् ।

यसरी गगन थापाका भनिने मान्छेहरूले छाेराे पाउनु कहिले कहिले काेक्राे बुन्ने अहिले भनेजस्ते गरेर  गुटगत अभ्यास गरेकाे भन्दै अर्काे एकसमुह ६ गते साँझ काठमाडाैँमा भेला भएका छन् । भेला हुनेहरूमा गगन थापाकै मान्छे भनेर चिनिएर पनि साैराहा जान नपाएकाहरूकाे संख्या धेरै थियाे ।

 

उनीहरूले यसरी पार्टीलाइ महाधिवेशनकाे एकवर्ष पूर्व नै असहज  गुटकाे खेलमा लैजान लागिएकाेमा चासाे व्यक्त गरे । उनीहरूले गुटगत खेल महाधिवेशनकाे एकदुइ महिना अघि गरेकाे भए राम्राे हुने भन्दै अहिलेदेखि नै यसरी गुटगुट खर्च गरेर बाहिर जाने वा लैजाने प्रकृयाले पार्टी संगठनलाइ कमजाेर बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...