गगनलाई सभापति बनाउन सौराहामा गोप्य भेला



हाम्रो इकोनोमि

 

 

नेपाली काँग्रैस काठमाडाैँ क्षेत्र नं ४ लाइ १४ औँ महाधिवेशन लाग्न थालेकाे छ । कमजाेर संगठन तथा नेताका फेराे समाउनेहरू धेरै भएकाे मानिने यस क्षेत्रबाट गगन थापा नियमितरूपमा निर्वाचित हुने गरेका छन् ।  अन्तरपार्टी अन्तर्द्वन्द्वकाे भूमरीमा रहेकाे काठमाडाैँ क्षेत्र नं ४ मा सांसद गगन थापा, सभापति राजु श्रेष्ठ तथा नेता प्रकाशमान सिंह त्रिपक्षीय गुट सक्रिय छ । १३ महिनापछि हुने भनिएकाे १४ औँ महाधिवेशनका लागि यी गुटहरू  विस्तारै गुटगत अभ्यासमा सक्रिय हुन थालेका छन् ।

यसैबीच माघ ६ गते इकाइ सभापतिहरूसहित केही नेताहरू साैरहामा पुगेर सामाजिक सन्जालमा फाेटाे पाेस्ट गरेपछि क्षेत्र नं ४ काे राजनीतिमा तरङ्ग पैदा भएकाे छ ।  गगन थापासँग निकट भनिएका नेताहरूसँग इकाइ सभापतिहरूसहितकाे एकहुल एकाएक शीतलहरमा साैराहा पुग्नुलाइ धेरैले आश्चर्यजनक मानेका छन् ।

 

गगन थापाका निकट भनिएका श्याम संगत, विनाेद चालिसे, इन्द्र थापा, गणेश काेइरालासहित अधिकांश इकाइ सभापति साैराहा पुगेका छन् । यसरी साैरहा जानेहरूमा बुढानिलकण्ठ नगरपालिकाका २ र १२ तथा महानगरका वडा नं १ का सभापतिबाहेक अन्य सबै परेका छन् ।

यसरी गगन थापाका भनिने मान्छेहरूले छाेराे पाउनु कहिले कहिले काेक्राे बुन्ने अहिले भनेजस्ते गरेर  गुटगत अभ्यास गरेकाे भन्दै अर्काे एकसमुह ६ गते साँझ काठमाडाैँमा भेला भएका छन् । भेला हुनेहरूमा गगन थापाकै मान्छे भनेर चिनिएर पनि साैराहा जान नपाएकाहरूकाे संख्या धेरै थियाे ।

 

उनीहरूले यसरी पार्टीलाइ महाधिवेशनकाे एकवर्ष पूर्व नै असहज  गुटकाे खेलमा लैजान लागिएकाेमा चासाे व्यक्त गरे । उनीहरूले गुटगत खेल महाधिवेशनकाे एकदुइ महिना अघि गरेकाे भए राम्राे हुने भन्दै अहिलेदेखि नै यसरी गुटगुट खर्च गरेर बाहिर जाने वा लैजाने प्रकृयाले पार्टी संगठनलाइ कमजाेर बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...