४० बर्षमा २५ को देखिन नो ब्वायफ्रेण्ड, नो हस्बेन्ड, नो फेमली एण्ड नो टेन्सन



हाम्रो इकोनोमि

 

 

झट्ट हेर्दा २०–२५ बर्षकी देखिने सपना उम्मेरले ४० बर्ष पुगिसकेकी छिन् । हाँस खेल गर्नूृ र स्टाइलिस कपडा लगाउनु उनको शौख छ । ४० बर्षको उम्मेरमा २५ बर्षे केटीजस्तो लाग्नुको रहस्य के हो ? उनी सरलरुपमा जवाफ दिन्छिन् ‘नो ब्वायफ्रेण्ड, नो हस्बेन्ड, नो फेमली एण्ड नो टेन्सन ।’

सपना बंसल भारतको एक नामी कम्पनीमा मार्केटिङ अफिसर हुन् । उनी दिल्लीको एनसीआर नजिक एक फ्ल्याटमा बस्दै आएकी छिन् । उनी एक्लै बस्नुको कारण हो उनी अविवाहित हुन् । अविवाहित मात्र हैन केटी भएर पनि उनी सेक्स कहिले चाहदिनन् । सेक्स गर्न चाहत उनीमा कहिले पनि पलाएन ।

उनी महिला र पुरुषमा कुनै भिन्नता मान्दिनन् । उनी तेस्रो लिंगी पनि होइनन् । भरपुर युवती हुन् । तरपनि पुरुषहरुसँग बस्दा सँगै सुत्दा पनि उनीमा सेक्सको चाहना आउँदैन । सेक्सको चाहना नआउने भएपछि उनी ४० बर्षको उम्मेरमा पनि एक्लै छन् । उनीका यौन रुझान छैन ।

हरेक युवा युवतीहरु सेक्स, विवाह र बच्चा चाहन्छन् तर सपनामा यसको कुनै मतलव छैन । खुसी हुनुमा उनको परिभाषा अरुको भन्दा फरक छ ।

सपनाले २०–२२ बर्षमा आफुमा सेक्स रुझान नभएको थाहा पाएकी थिइनन् । ‘मेरा सवै साथीहरुका ब्वायफ्रण्ड थिए, रिलेशनशिपमा बसिरहेका थिए । तर मसँग केटाहरुले डेट गर्न चाहन्थे तर मलाई यो रझान कहिले भएन’ उनले भनिन् ‘त्यसपछि अरुभन्दा म फरक छु भन्ने थाहा भयो ।’

तर यस्तो होइन की उनलाई केटा मन पर्दथ्यो । केटाहरु मन पर्थे तर सेक्समा पुगेपछि कुरा विग्रिहाल्थ्यो । ‘उस बेला मलाई एउटा केटा निकै मन पर्दथ्यो । उसँग हिड्न घुम्न मलाई निकै मन पर्दथ्यो । तरपछि उनको चाहना बढ्दै गयो । जव कुरा सेक्समा गयो म असहज भइहाले’ विगतलाई सम्झदै उनले भनिन् ‘सेक्समा पुगेपछि मेरो शरीरले स्वीकार गरेन । मलाई सेक्सको आवश्यकता परेन ।’ उनले सेक्सलाई लिएर आफुमा कुनै त्रास नभएको पनि बताएकी छिन् । तरपनि शरीरले सेक्स नमागेपछि आफु तयार नभएको प्रतिक्रिया दिएकी छिन् ।

‘म सेक्सका रोमान्टीक कुराहरु गर्थे तर यौन आकर्षण महसुस गरिन । जुन केटामाथी मेरो मन भित्रबाट माया थियो । हात समातेर हिड्न मन पदथ्यो, गला मिल्न धेरै मन गर्दै तर जव सेक्समा कुरा जान्थ्यो त्यसपछि मलाई समस्या पैदा हुने गर्दथ्यो । एकातिर सेक्सामा समस्या पैदा हुन्थ्यो भने अर्काेतिर मेरो शरिरले सेक्स चाहदैन्थ्यो’ उनले भनिन् ।

उनले केटा साथी धेरै बनाइन तर जव सेक्समा पुगेपछि उनको दोस्ती टुट्ने गर्दथ्यो । केही साथीहरुलाई आफ्नो समस्या पनि उनले बताइन । साथीहरुले डाक्टरसँग जान सल्लाह दिए । तर उनी डाक्टरसँग गइनन् । सेक्स सम्बन्धी वेभ साइडहरुमा अध्ययन गर्न थालिन । पछि थाहा भयो उनीका कुनै समस्या छैन यो एउटा शारिरिक बनावट हो ।

सपना केटा साथी चाहन्छिन् तर सेक्स चाहदिँनन् । सेक्स विनाको साथी पाए उनी सँगै बस्न तयार छन् । तर सेक्सविना उनलाई केटी साथी बनाउन कोही तयार छैनन् ।
बिबिसीको सहयोगमा

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...