अग्नि सापकोटाले सभामुखमा उम्मेदवारी दर्ता गरे



हाम्रो इकोनोमि

 

सांसद् अग्निप्रसाद सापकोटाले सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार बिहान सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा सापकोटाले आफ्नो उम्मेदवारी  दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तालगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै सापकोटाले जननिर्वाचित संस्थालाई थप गरिमामय बनाउन भूमिका खेल्ने बताए ।

गत असोजदेखि रिक्त सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय नेकपाले गरेको थियो । नेकपाको निर्णयसँगै प्रतिनिधिसभाले सभामुख निर्वाचन प्रक्रिया थालेको हाे ।

सभामुख निर्वाचनमा कांग्रेस भने सहभागी नहुने भएको छ । कांग्रेस संसदीय दलको मंगलबार बिहान बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।

योसँगै सभामुखमा सापकोटाको मात्रै एकल उम्मेदवारी हुने भएको छ । शिवमाया तामाङले उपसभामुखबाट राजीनामा दिएपछि यो पद पनि रिक्त छ । यसको निर्वाचन प्रक्रिया भने १२ गतेपछि सुरु हुने बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...