सभामुखको निर्वाचन माघ १२ मा



हाम्रो इकोनोमि

 

 

उपसभामु्ख डां शिवमाया तुम्बाहाम्फेले संसदमा सम्बोधन गर्दै राजिनामा दिएपछि अहिले ४ बजे अर्को प्रतिनिधिसभाको र्बैठक बस्दैछ ।

आज १ बजे बसको प्रतिनिधिसभाको बैठकको अध्यक्षता गर्दै उपसभामुख तुम्बाहाम्फेले राजिनामा घोषणा गरेकी थिईन । यसका साथै उनले आजै ४ बजे अर्को बैठक बस्ने सूचना दिएकी थिईन ।

४ बस्ने अर्को बैठकको अध्यक्षता जेष्ठताका आधारमा महन्थ ठाकुरले गर्ने भएका छन् । उनको अध्यक्षतामा बसेको प्रतिनिधिसभाको बैठकले सभामुख चयनको एजेण्डालाई प्रमुख बनाउने कार्यतालिका छ । संसदको पहिलो बिजनेसको रुपमा सभामुख चयन नै रहेकको छ ।

त्यसपछि मात्र अन्य विषयमा प्रवेश गर्ने संसद सचिवालयले जनाएको छ । सभामुख नहुँदा लामो समयदेखि संसद चल्न सकेको छैन । संसद सचवालयको अनुसार पहिलो कार्यतालिका सभामुख चयनको प्रकृयालाई अगाडी बढाईने रहेको जनाईएको छ ।

यसैबीच सभामुख निर्वाचनको लागि माघ १२ गते हुने भएको छ। सोमबार बसेको कार्यव्यवस्था समितिको बैठकमा सभामुखको निर्वाचन माघ १२ गते गर्ने सहमति भएको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिएका छन् ।
आजको बैठक सञ्चालन र सभामुख निर्वाचनका लागि ज्येष्ठ सदस्यका रुपमा ठाकुरले प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने छन् । त्यसका लागि ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा ठाकुरले शपथ लिएका छन् । ठाकुरकै अध्यक्षतामा सभामुख चयन प्रक्रिया अघि बढ्ने बताईएको छ।

गत असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभा सभामुखविहीन छ। नेकपाले सभामुखमा अग्नि सापकोटालाई अघि सार्ने निर्णय गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...