शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधार हुन जरुरी : प्रभु साह



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर दुईका अध्यक्ष तथा सांसद प्रभु साहले शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधारका लागि नयाँ तवरबाट छलफल गरी निचोडमा पुग्न जरुरी रहेको बताएका छन् ।

आज संघीय संसदको राज्यका निर्देशक सिद्दान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिले रौतहटको विभिन्न स्थानमा गरेको स्वास्थ्य तथा शिक्षण संस्थाको अनुगमन तथा मुल्यांकनको क्रममा भएको अन्तरक्रियामा बोल्दै समितिका सदस्य समेत रहेका सांसद साहले संविधानले प्रत्याभूत गरेको मौलिक हक र जनताको आधारभूत आवश्यक शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार बिना समृद्ध समाजको परिकल्पना गर्न नसकिने बताए ।

उनले भने, ‘समितिले पहाडका विकट जिल्लाहरुका साथै रौतहटको अनुगमन गर्ने निर्णय गर्यो । अरु ठाउँको खासै चर्चा गर्न जरुरी छैन किनकि ती ठाउँ प्राकृतिक ढङ्गबाट पछाडी पर्यो तर रौतहट सुगम ठाउँ हो । हिजोको दिनमा लडाइको नेतृत्व गरेको, शिक्षा र स्वास्थ्यमा अगाडि रहेको रौतहट अहिले किन पछाडि पर्यो ? शिक्षा क्षेत्र र स्वास्थ्य क्षेत्रको समस्या उस्तै छन । विद्यालयमा शिक्षक र अस्पतालमा डाक्टरको अभाव समस्या हो ।’

उनले अगाडी थपे ‘स्वास्थ्य क्षेत्रको कुरा गर्दा गुनासो सुनियो कि अस्पतालमा डाक्टर आउन मानदैनन । डाक्टर पढेका जति बाहिर छन नेपालमा रहेका जति सुगम ठाउमा छन् । यो एकथरी मानसिकता हो जुन हाम्रो समाजले विकास गरेको हो । डाक्टर पढाउनुको उद्देश्य पैसा कमाउन भनेर सिकाउछौ अनि कसरी देशमा बस्छन् त ? पैसा खोज्न विदेश नै जानछन । यो मानसिकता हाम्रो चुनौती हो र यो मानसिकता तोड्न जरुरी छ । अर्को कुरा स्थायी नोकरी पछि कारवाहीको डर हुँदैन, त्यसैले इमानदारीपूर्वक काम गर्दैनन् गरेपनि थोरैले गर्छन् । यस्ता मानसिकता त्यागेर स्वास्थ्य र शिक्षा क्षेत्रको गुणात्मक सुधारको लागि नयाँ तवरबाट छलफल चलाउनु जरुरी छ ।’

समितिकी सभापति निरादेवी जैरुले हरेक समस्या राज्यसम्म पुर्याउन समितिले पहल गर्ने बताइन् । स्वास्थ्य र शिक्षा क्षेत्र दुरुस्त नबनाई जनतालाई सुखी बनाउन नसकिने बताउदै उनले राज्यसहित सबै निकाय गम्भीर हुनुपर्ने जीकिर गरिन् ।

राधेश्याम अधिकारी तथा लक्ष्मी परियारसहितको समितिले कटहरिया नगरपालिकाको भसेढवा मावी, मौलापुर नगरपालिकाको सोनरनिया मावी, कटहरिया जनस्वास्थ्य कार्यालय तथा जिल्ला अस्पताल गौरको स्थलगत अनुगमन तथा अनुगमन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री र गृहमन्त्री नै गएनन् रविले बोलाएको सर्वदलीय बैठकमा

    सरकारको नेतृत्वकर्ता दल रास्वपाको आह्वानमा सुरु भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र...

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा...

लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...