उपसभामुख तुम्बाहाङ्फेले दिइन् राजीनामा



हाम्रो इकोनोमि

 

प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएकी छन्।

सोमबार दिउँसो तुम्बाहाङ्फले नयाँ बानेश्वरस्थित संसद सचिवालयमा राजीनामा बुझाएकी हुन्। संविधानमा उपसभामुखले सभामुखलाई राजीनामा बुझाउने व्यवस्था छ। तर सभामुख पद रिक्त रहेको अवस्थामा उनले राजीनामा पत्रमा सभामुखलाई सम्बोधन गरेर राजीनामा दिएकी हुन्। सभामुखको अर्थ ‘बैठकको अध्यक्षता’ गर्ने व्यक्ति हुन्छ। सभामुख र उपसभामुखले पदबाट दिने राजीनामा स्वीकृत वा अस्वीकृत गर्ने सम्बन्धि कुनै व्यवस्था छैन।

राजीनामा बुझाउनअघि प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्दै उनले सभामुख चयनका लागि आफूले मार्गप्रशस्त गर्ने बताएकी थिइन्।

संसदमा बोल्दै उनले दुई वर्षको आफ्नो कार्यकाल अविस्मरणीय रहेको बताइन्।

‘एकल महिला त्यसमाथि पनि आदिवासी जनजातिका रूपमा मैले दुई वर्ष जनताको अधिकार प्रयोग गर्ने सर्वोच्च निकायमा काम गर्ने मौका पाएँ त्यसलाई मैले ठूलो अवसर ठानेको छु,’ उनले भनिन्,’अब म फरक रूपमा क्रियाशील हुनेछु। मलाई सहयोग गर्ने माननीय सदस्यहरू र संसद सचिवालयका कर्मचारीलाई धन्यवाद।’

 

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...