उपसभामुख तुम्बाहाङ्फेले दिइन् राजीनामा



हाम्रो इकोनोमि

 

प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएकी छन्।

सोमबार दिउँसो तुम्बाहाङ्फले नयाँ बानेश्वरस्थित संसद सचिवालयमा राजीनामा बुझाएकी हुन्। संविधानमा उपसभामुखले सभामुखलाई राजीनामा बुझाउने व्यवस्था छ। तर सभामुख पद रिक्त रहेको अवस्थामा उनले राजीनामा पत्रमा सभामुखलाई सम्बोधन गरेर राजीनामा दिएकी हुन्। सभामुखको अर्थ ‘बैठकको अध्यक्षता’ गर्ने व्यक्ति हुन्छ। सभामुख र उपसभामुखले पदबाट दिने राजीनामा स्वीकृत वा अस्वीकृत गर्ने सम्बन्धि कुनै व्यवस्था छैन।

राजीनामा बुझाउनअघि प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्दै उनले सभामुख चयनका लागि आफूले मार्गप्रशस्त गर्ने बताएकी थिइन्।

संसदमा बोल्दै उनले दुई वर्षको आफ्नो कार्यकाल अविस्मरणीय रहेको बताइन्।

‘एकल महिला त्यसमाथि पनि आदिवासी जनजातिका रूपमा मैले दुई वर्ष जनताको अधिकार प्रयोग गर्ने सर्वोच्च निकायमा काम गर्ने मौका पाएँ त्यसलाई मैले ठूलो अवसर ठानेको छु,’ उनले भनिन्,’अब म फरक रूपमा क्रियाशील हुनेछु। मलाई सहयोग गर्ने माननीय सदस्यहरू र संसद सचिवालयका कर्मचारीलाई धन्यवाद।’

 

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...