उपसभामुखले भनिन् , मेरो के गल्ती थियो ?



हाम्रो इकोनोमि

 

सभामुख चयनको विषयलाई लिएर सत्तारूढ दल नेकपामा देखिएको शक्ति संघर्ष टुंगिएको छ । नेकपा सचिवालय बैठकले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेसँगै प्रतिनिधिसभालाई सभामुखको चुनाव गराउने बाटो खुलेको छ ।

सचिवालय बैठकले सापकोटालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए । यसअघि नेकपाले सभामुखको उम्मेदवार तोक्न नसक्दा संसद् बैठक एक महिनामा चार पटकसम्म स्थगित भएको थियो । सचिवालय बैठकमा आइतबारअध्यक्ष पुष्पकमल दाहालले सभामुखका लागि सापकोटाको नाम प्रस्ताव गरेका थिए ।

यसअघि बारम्बार भएका बैठक सभामुखका बारेमा केन्द्रित भए पनि पात्र चयन प्रक्रियामा नपुग्दै अलमलिएपछि गतिरोध बढ्दै गइरहेको थियो ।

‘अध्यक्ष दाहालले गर्नुभएको प्रस्तावमा आठै सदस्यले सहमति जनाएपछि अग्निजीको नाम अनुमोदन भएको हो,’ महासचिव पौडेलले भने, ‘हामीले दुई अध्यक्षलाई उम्मेदवार प्रस्ताव गर्नुस् भनेका थियौं, उहाँहरूले प्रस्ताव ल्याउनुभयो र सहमति गरियो ।’ सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ बैठकमा अनुपस्थित थिए ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सभामुखको उम्मेदवार सिफारिस गर्न कार्यकारी अध्यक्ष दाहाललाई आग्रह गरेका थिए । त्यसपछि दाहालले राजनीतिक पृष्ठभूमि र समन्वयकारी छविका कारण स्थायी कमिटी सदस्य सापकोटालाई सभामुखको उम्मेदवार तय गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

दाहालको प्रस्ताव आएलगत्तै केही सचिवालय सदस्यले सर्वोच्च अदालतमा विचाराधीन उनीविरुद्धको मुद्दाबारे कुरा उठाएका थिए । ‘द्वन्द्वकालीन मुद्दाकै कुरा गर्ने हो भने त मेराविरुद्ध पनि छन्, बादलजीविरुद्ध पनि छन्,’ दाहालले जवाफ दिए, ‘त्यो द्वन्द्वकालीन मुद्दा भएको र त्यसको हल संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूले गर्ने भएकाले त्यसमा समस्या हुन्छ जस्तो मलाई लाग्दैन ।’

उनले उजुरीकर्ता नै सत्य निरूपण तथा मेलमिलाप आयोगबाट मुद्दाको किनारा लगाउने विषयमा सहमत भएको ब्रिफिङ गरेका थिए । ‘अब अप्ठ्यारो हुन्न भन्ने तपाईंलाई लागेको छ भने समर्थन नै छ,’ ओलीले दाहाललाई भनेका थिए ।

‘करिब डेढ घण्टाको छलफलपछि अग्निजी सभामुखका लागि उपयुक्त पात्र हुनुहुन्छ भन्ने निष्कर्षमा बैठक पुग्यो,’ सचिवालय स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...