पेट दुखेर अस्पताल पुगेका पुरुष गर्भवती भएको रिपोर्ट आएपछि



हाम्रो इकोनोमि

 

हामीले महिलाहरु गर्भवती भएको कुरा त थाहा पाई नै राखेका छौँ । र देखिरहेका पनि छौँ । तर पुरुष गर्भवति भएको कुरा भने सायदै कसैले नसुनेको हुनुपर्छ ।

भारताको उत्तर प्रदेशमा एक युवक गर्भवति फेला परेका छन् । उक्त व्यक्ति कसरी गर्भवति भए भन्ने खबरले अहिलेको सामाजिक सञ्जाल तातेको छ । उक्त व्यक्ति कसरी गर्भवति भए भन्ने खबर बाहिर नआएको भए पनि उनलाई अस्पतालले गर्भवती भएको रिपोर्ट दिएको छ ।

कासगञ्ज जिल्लाको अलिगञ्ज निवासी वर्ष २२ का एक युवक सीमेन्ट फ्याक्ट्रीमा काम गर्ने गर्थे । दर्शन नाम गरेका ती व्यक्तिको पेट केहि महिना अगाडिबाट अधिक नै दुखिरहेको थियो । जसका कारण उनलाई धेरै नै पीडा भइरहेको थियो । उनी काम गर्न पन नसक्ने अवस्थामा पुगिसकेका थिए । पेट अति नै दुख्न थालेपछि उक्त युवक अलिगढस्थित रामद्दाट रोडमा रहेको सनराइज अस्पतालमा पेट चेकअपका लागि गए ।

युवकले अस्पतालमा केहि महिना यता पेटमा अत्याधिक पीडा महशुस भएको खबर डाक्टरलाई भनेपछि डाक्टरले उनलाई अल्ट्रासाउण्ड गर्न सल्ल्लाह दिए । त्यसपछि डाक्टरले उनको सबै शरिरको परिक्षण गरे ।

दिनभरको परिक्षण पछि बेलुकाको समयमा उनको रिपोर्ट निकालियो । रिपोर्ट डाक्टरले हेरे तर डाक्टर नै रिपोर्ट हेरेपछि अचम्ममा परे । किनभने युवकको रिपोर्टमा गर्भवती रहेको तथ्य बाहिरियो । डाक्टरले उनलाई पेटमा बच्चा भएको कारण धेरै पीडा हुने गरेको बताए ।

अल्ट्रासाउण्डको रिपोर्ट अनुसार पनि दर्शनको पेटमा बच्चा रहेको कुरा पत्ता लागेको छ । उनको पेटमा रहेको बच्चादानीको नली (फिलोपियन ट्युब)मा गर्भ रहेको कुरा डाक्टरले बताएका हुन् ।

एक डाक्टरको कुरा नपत्याएर दर्शनले उक्त रिपोर्टका साथ अर्को डाक्टर कहाँ पुगे तर उनलाई उक्त डाक्टरले पनि गर्भवती रहेको कुरा बताए ।

अर्का डाक्टरको कुरा सुनेपछि दर्शनको होश नै उड्यो र उनी बेहोस भए । अस्पतालले मजाक गरिरहेको भन्ने लागेर उनले बेहोशबाट उठेपछि केहि मानिसहरुको सल्लाह बमोजिम जिल्ला अधिकारी कहाँ रिपोर्ट गरेका छन् ।

अस्पतालका केहि डाक्टरले भने दर्शन भन्दा अगाडि कोहि महिलाको रिपोर्ट उनलाई परेको हुन सक्ने शंका गरेका छन् । दर्शनको रिपोर्ट बनाउने डाक्टर आलोक गुप्ताले भने गल्तीले रिपोर्ट बनेको स्वीकारेका छन् ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...