बालबालिकालाई मोबाइल दिनु लागु औषध दिए सरह हो



हाम्रो इकोनोमि

 

 

मध्यम वर्गीय एकल परिवार । दैनन्दिन कमाइका लागि दौडनै पर्ने बाध्यता । त्यसैले अभिभावकले बालबालिकका लागि पर्याप्त समय दिन सकेका छैनन् । केटाकेटी न हुन्, रोइदिन्छन् । फकाउनै पर्‍यो । विकल्प केटाकेटीका हातमा माबाइल पुग्छ ।

जसबाट उनीहरूले विभिन्न कुरा सिक्छन् र सुन्छन् भन्ने अभिभावकमा लोभ पनि छ । त्यसमा आउने साना तस्बिरहरूप्रति बालबालिका आकर्षित हुन्छन् । यो क्रम बढ्दै जान्छ र लत नै बस्छ । त्यसको प्रयोगले बालबालिका परिवारमा घुलमिल हुन नसक्ने, खेलकुदमा त्यति रुचि नलाग्ने, स्कुल पनि जान नमान्ने र होर्मक गर्न वास्ता नगर्ने आदि समस्या आउन थाल्छ । अत्यधिक मोबाइल प्रयोगका कारण छट्पटाउने, खाना नखाने, नसुत्ने र बिरामी पर्दै जाने समस्या बालबालिकामा देखिने गरेको समेत पाइन्छ ।

एक अध्ययनले मोबाइलको लतले बालबालिकाहरूको ब्रेनको आकार कोकिन प्रयोगकर्ताको जस्तो हुने गरेको देखाएको छ । हामीले बालबालिकालाई हरेक दिन मोबाइल दिएर कोकिन खुवाए सरह गरेका त छैनौं ? त्यस बारेमा अभिभावकहरूले गम्भीर हुनुपर्ने देखिएको छ । कतिपय अवस्थामा स्कुलहरूले पनि प्रोजेक्ट वर्क दिएका हुन्छन् । त्यसका लागि कति समय मोबाइल वा ल्यापटबमा बालबालिकालाई बस्न दिने भन्ने कुरामा अभिभावक सचेत हुन जरुरी छ ।

बालबालिकालाई मोबाइलभन्दा खेलकुदमा, आमा बुबासँगको घुलमिलमा र सामाजिकीकरणमा विशेष चासो देखाउन प्रयत्न गर्नुपर्ने हुन्छ । विद्यालयमा पनि धेरैसँग घुलमिल हुनसक्ने क्रियाकलापमा बढी समावेश गराउनुपर्ने हुन्छ । त्यसले उनीहरूको शारीरिक तथा मानसिक विकास भइरहेको हुन्छ । मोबाइल हेर्दा बालबालिकाले रमाइलो त गर्छन् तर त्यसमा उनीहरूका जिज्ञासको समाधान हुँदैन ।

मोबाइल प्रयोग कति समय

अभिभावकहरूको प्रश्न छ– बालबालिकालाई कति समय मोबाइल दिनु उचित हुन्छ ? मोबाइलको प्रयोग कसरी गर्ने ? कुन उमेरदेखि प्रयोग गर्नु उचित हुन्छ ? यसको उत्तरमा ठीक यति, यसरी र यो उमेर भनेर किट्न गाह्रो छ । कुरा लतको हो जति समय, जसरी र जुन उमेरमा उमेरमा चलाए पनि त्यसको लत लाग्नु भएन । बालबालिकाको मस्तिष्क विकासको चरणमा हुन्छ । विभिन्न कुरा सिक्ने समय पनि यही हो तर त्यो समयमा मोबाइलको प्रयोग हुँदा त्यसले बुद्धि विकासमा हानि गर्छ ।

अभिभावकले बालबालिकाहरूका लागि न्यूनतम दैनिक एक घण्टा गुणस्तरीय समय दिन सके पुग्छ । अभिभावकले आफ्ना बालबालिकाका दिनभरि गरेका कुराहरू सुनिदिने, आफूले पनि दिनभरि गरेका क्रियाकलापको बारेमा सोध्ने, आफ्ना बालबालिकाको प्रशंसा गरिदिने, दुवै अभिभावकसँगै राखेर बेलुकीको खानेकुरा कुनै पनि टीकाटिप्णी नगरी खुवाउने वा खाने, उनीहरूको कुरा सुनिदिने, कथा सुनाउने आदि गरेमा अभिभावक र बालबालिका हुने आत्मीयता बढ्दै जान्छ ।

हामी आफू फुर्सदिलो भएको समयमा मोबाइलमा भुल्ने र बालबालिकालाई पनि त्यसैमा भुलाउने गरेको पाइन्छ । जसले गर्दा अभिभावक र बालबालिका बीचको दूरी बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...