विप्लव समूहको मुख्य टार्गेटमा महासचिव पौडेल



हाम्रो इकोनोमि

 

 

प्रतिबन्धित विप्लव समूहले बुधबार साँझ नागार्जुन र बालुवाटारमा एकै समयमा बम विस्फोट गराएपछि काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।

गृह मन्त्रालयको ठाडो निर्देशनमा उपत्यकाका भीआईपी र भीभीआईपी बसोबास तथा आवतजावत गर्ने स्थानहरु ‘लोकेटेड’ गरेर सुरक्षा व्यवस्था मजबुत बनाइएको प्रहरीले बताएको छ ।

 

महासचिव पौडेल ‘टार्गेट’मा

यस्तै ललिता निवास प्रकरणमा मुछिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव पौडेललाई विप्लव समूहले मुख्य ‘टार्गेट’ मा राखेको घोषणा गरेको छ । ढकालको घरमा भेटिएको विप्लव समूहको पर्चामा महासचिव पौडेललगायत केही व्यक्तिहरुको नाम टार्गेट सूचीमा राखेको पाइएको हो ।

विप्लवको कारबाहीको लिस्टमा विष्णु पौडेल, भाभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, गोयल समूह, चाचन ग्रुप, केडिया ग्रुप, सारदा ग्रुप, रामकुमार सुवेदी र गोपाल खनाल छन् ।

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएको एक महिना नबित्दै नख्खुस्थित एनसेल टावरमा बम विस्फोट गराएको थियो । बम विस्फोट २०७५ फागुन १० गते भएको थियो ।

सो विस्फोटमा परी दुईजनाको मृत्यु भएको थियो । सोही दिन कमलपोखरीस्थित ल्होत्से चोकमा रहेको आँगन स्विट्सभित्र बम भेटिएको थियो ।

बम विस्फोट लगत्तै गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका थिए । बादलले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका हुन् ।

काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रीहरु तथा विभिन्न दलका नेताहरु बसोबास गर्ने स्थानहरुमा सुरक्षा व्यवस्था थप कडा पारिएको हो ।

माघ १ गते बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा विप्लव समूहले बम विस्फोट गराएको थियो । त्यस्तै सोही दिन ललिता निवास परिसरमै पनि कुकर बम विस्फोट भएको थियो ।

यी दुवै घटनाको जिम्मेवारी नेकपा विप्लव समूहले लिएको छ । सो समूहले राज्यको सम्पत्ति व्यक्तिले चरम रुपमा दुरुपयोग गरेको भन्दै सो प्रकरणमा जोडिएकाहरुलाई लक्षित कारबाही थालेको विप्लव निकट एक नेता बताउँछन् ।

प्रधानमन्त्री, प्रधान्यायाधीश र सभामुखलगायतको निवास रहेको बालुवाटार क्षेत्रमा विप्लव समूहका कार्यकर्ताले बम राखेपछि सुरक्षा चुनौती थपिएको महसुस गर्दै प्रहरीले बम विस्फोटको घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ ।

एसएसपी सुवेदीका अनुसार मुख्य गेट छलेर तारबार गरेको ठाउँबाट उक्लिएर बालुवाटारस्थित ललिता निवास परिसरमा बम राखेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । एसएसपी सुवेदी भन्छन्, ‘ विप्लव समूहले थप आक्रमण गर्नसक्ने भन्दै बालुवाटरलगायतका स्थानहरुमा सुरक्षा सतर्कता बढाइएको छ ।’

विप्लव समूह अपराधिक सङ्गठन रहेको भन्दै सरकारले २०७५ फागुन २८ गते उसका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता विप्लव समूहका एक हजारभन्दा बढी नेता÷कार्यकर्ता पक्राउ परिसकेका छन् ।

सरकारले विप्लव समूहलाई आतंककारी समूह रहेको घोषणा समेत गरेको छ । सूचना, सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवmक्ता समेत रहेका गोकुल बाँस्कोटाले माघ २ गते नियमित पत्रकार सम्मेलनको क्रममा विप्लवका गतिविधिले सो समूह आतंककारी रहेको पुष्टि भएको बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...