सभामुखको पद प्रचण्डको कोर्डमा, आजै नाम टुंग्याउने तयारी



हाम्रो इकोनोमि

 

 

लामो समयको रस्साकस्सीपछि नेकपाका दुई अध्यक्षले शुक्रवार सभामुखको उम्मेदवार टुंग्याउने तयारी गरेका छन् । सभामुखको बिषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच लामो रस्साकस्सी चल्यो ।

विहीवार पाँच दिन लामो सम्वादहिनतालाई तोड्दै दुई अध्यक्षले २ घण्टा छलफल गरेका थिए । विहीबारको सम्वाद सकारात्मक भएपछि आज (शुक्रवार) दुई अध्यक्ष अन्तिम छलफलमा बस्दैछन् । आजको छलफलबाट सभामुखको नाम टुग्गिने दाहाल निकट नेताहरुले बताएका छन् ।

विहीबारको छलफलमा प्रधानमन्त्री ओली लचकरुपमा प्रस्तुत भएका थिए । उनी सभामुख पूर्वमाओवादी खेमालाई दिन तयार रहेको दाहालले निकट नेताहरुलाई बताएका थिए । ओली चलक भएपछि सभामुखको टुंगो आज नै लगाउने तयारी गरिएको छ ।

अबको दुई दिनपछि संसद बैठक बस्दैछ । तीन पटक स्थगित भइसकेको संसद बैठक अब स्थागित नुहँने गरी दुई अध्यक्षले छलफल थालेका छन् । नयाँ सभामुखका भने चर्चाभन्दा बाहिरबाट ल्याउने तयारी गरिएको छ ।

सभामुख पूर्वमाओवादीले पाएपछि सुवास नेम्वाड र शिवमाया तुम्बाहाडफेको च्याप्टर क्लोज भइसकेको छ । पूर्वमाओवादीबाट दाहालले अग्नी सापकोटाको नाम अगाडी सारेका छन् । तर प्रधानमन्त्री ओली सापकोटामा सहमत नहुँने संकेत गरेका छन् । पम्फा भूसाल र हरिवोल गजुरेलको नाम चर्चामा रहेको छ । सभामुख पद अब प्रचण्डको कोर्डमा रहेको छ । उनले कसलाई सभामुखको प्रस्ताव गर्छन ? उही नयाँ सभामुख हुने लगभग निश्चित छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...