प्रचण्डले भने शिवमायालाई कुनै पनि हालतमा सभामुख हुँदैन



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई कुनै पनि हालतमा सभामुखमा स्वीकार गर्न नसकिने बताएका छन् ।

नेकपा अध्यक्षद्वयबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले यस्तो अडान राखेका हुन् । सभामुख कसलाई बनाउने भन्ने विषयमा पछिल्ला दिन सम्बन्ध संवादमा नरहेका दुई अध्यक्षबीच आजको भेटमा सौहार्दपूर्ण कुराकानी भएको प्रचण्ड सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार ६ माघको प्रतिनिधिसभा बैठकअगावै सभामुख उम्मेदवारमा सहमति जुटाउन दुई अध्यक्ष सकारात्मक देखिएका छन् ।

उपसभामुख डा‍. शिवमायालाई अस्वीकार गरेका प्रचण्डले अर्का अध्यक्ष केपी ओलीले अघि सारेका सभामुखका उम्मेदवार सुवासचन्द्र नेम्वाङका विषयमा भने खुलेर असन्तुष्टि नजनाएको ओली सचिवालयको दाबी छ ।

दुई अध्यक्षले छलफलका क्रममा जिल्लामा रहेका नेकपा वरिष्ठ नेता माधव नेपालसँग पनि फोन संवाद गरेका छन् । उनीहरूबीच भोलि या पर्सिसम्ममा सचिवालय बैठक डाकेर उम्मेदवार तय गर्ने सहमतिसमेत भएको छ ।

प्रचण्डको अध्यक्षतामा २६ पुसमा बसेको सचिवालयको बैठकले उपसभामुखलाई राजीनामा गराउने निर्णय गराएका थिए । त्यो दिन अर्का अध्यक्ष ओली भने अस्पताल गएका थिए ।

अध्यक्षद्वयमा त्यही दिनदेखि सम्बन्ध बिग्रेको थियो । तर, उपसभामुखलाई राजीनामा दिलाउने सचिवालयको बैठकभन्दा पहिला अथवा २३ पुसमा भैंसेपाटीमा भएको गोप्य भेलाबाट नै ओली प्रचण्डको सम्बन्धमा तिक्तता आएको थियो ।

प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकको निर्णय पनि अहिले बेवारिसेजस्तो बनेको छ । उपसभामुखले राजीनामा नदिने अडान लिएपछि प्रचण्ड अप्ठेरोमा परेका छन् । उनी त्यसको विकल्प र कानुनी परामर्शमा पनि लागेका छन् ।

ओली र प्रचण्डबीचको संवादहीनता अन्त्यका लागि महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा सक्रिय भएका थिए ।

प्रतिक्रिया दिनुहोस
ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...