भीम रावललाई बालुवाटारबाट कसले ज्यानमार्ने धम्की दियो ? :सञ्चारमन्त्री



हाम्रो इकोनोमि

 

 

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारबाट कसले ज्यान मार्ने धम्की दिएको हो प्रष्ट पार्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावललाई आग्रह गरेका छन् ।

रावलले पछिल्लो समय आफूलाई बालुवाटारबाटै ज्यानमार्ने धम्की दिएको दाबी गर्दै आएका छन् । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटालाई यसबारे सोधिएको थियो ।

जवाफमा सञ्चारमन्त्री बाँस्कोटाले प्रतिप्रश्न गरे, ‘प्रधानमन्त्री कसैको ज्यान लिने हुनुहुन्छ र ? फरक विचार राखेकै कारण कसैलाई पनि ज्यान मार्ने धम्की दिन नमिल्ने भन्दै उनले बालुवाटारबाट कसले र कुन फोन नम्बरबाट धम्की दियो भन्ने प्रष्ट पार्न नेता रावललाई आग्रह गरे ।

‘प्रधानमन्त्री नेकपाकै हुनुहुन्छ, उहाँ पनि नेकपाकै नेता हुनुहुन्छ’, उनले भने, ‘उहाँलाई सरकारले सुरक्षा उपलब्ध गराएकै छ, पछुवा पनि छ । त्यसैले उहाँको ज्यानमाथि सुरक्षा खतरा छ भन्ने लाग्दैन ।’

प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई सिध्याउन तरबार वा खल्तीमा गोलीको माला लिएर हिड्नुहुन्छ भनेर सोच्नु गलत हुने सञ्चारमन्त्री बाँस्कोटाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...