एकपटक चार्ज गरेपछि एक हजार किलोमिटर गुड्ने बिजुली बस नेपालमै बनाइने



हाम्रो इकोनोमि

 

संसारको सबैभन्दा धेरै माइलेज दिने भनिएको विद्युतीय सवारी साधन ब्रिक्सन नेपालमै एसेम्बल हुने भएको छ। विद्युतिय सवारी साधन निमार्ता कम्पनी ब्रिक्सनको नेपालको लागि आधिकारिक वितरक हिमालय मोटरक्र्सले सन् २०२५ सम्ममा नेपालमै एसेम्बल प्लान्ट निमार्ण गर्ने घोषण गरेको छ।

नेपालमा प्लान्ट नबनुन्जेल भारतको प्लान्टमा निर्मित गाडी आयात गरिने कम्पनीका प्रबन्ध निर्देशक ध्रुव थापाले जानकारी दिए।

‘नेपालमा गाडी बनाउदा ग्राहकलाई सस्तो पर्न जान्छ भने रोजगारीको श्रृजना पनि हुन्छ। त्यसैले हामीले नेपालमा प्लान्ट बनाउने सर्तमा नै यी गाडी आयात गर्न लागेका हौ,’ थापाले भने।

अष्ट्रेलियन टेक्नोलोजीका यी बस करिव ३ महिनामा नेपालमा विक्रि वितरण शुरु गरिने कम्पनीले जनाएको छ।

नेपालमा ब्रिक्सनका १५ सिटका माक्रोबस देखि ४२ सिटसम्मका बसहरु र कार तथा जिपहरु समेत उपलब्ध हुने कम्पनीले बताएको छ।

यसका ब्याट्रीहरुमा कम्पनीले २० वर्षको वारेन्टी प्रदान गरेको छ भने रिसाइकल गरेर थप २० वर्ष प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ।

यी सवारी साधनलाई फुल चार्ज गर्न ४ देखि ८ घण्टासम्म लाग्ने र एक पटक फुल चार्ज गरिसकेपछि एक हजार किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ।

प्रतिक्रिया दिनुहोस
ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...