देउवाले भने सभामुख नेपाली कांग्रेसलाई दिनुस



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेकपालाई सभामुख चयन गर्न समस्या भए आफूहरु तयार रहेको बताएका छन् । उनले नेकपाभित्रको विवादले संसदलाई बन्धक बनाउन नपाइने भन्दै सभामुखमा सहमति जुटाउन नसक्ने भए आफूहरुलाई दिन आग्रह गरे ।

नेकपाभित्रको विवादले सभामुख चयन प्रक्रिया अवरुद्ध भएको छ, उहाँहरु मिल्दै, मिल्दैन भने हामी चलाइदिन्छौ सभामुख, तरसंसदलाई बन्धक बनाउन मिल्दैन’ उनले भने ।

उनले चाँडै सभामुखको उम्मेदवार चयन गरी संसद सञ्चालनको वातावरण बनाउन नेकपालाई आग्रह गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सत्तापक्षका नेताहरुबीचनै विवाद कायम रहेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई चाँडै संसदबाट अनुमोदन गर्नुपर्ने पनि बताए ।

‘हाम्रो पार्टीले एमसीसी अनुमोदन गर्ने भनेर पास गरिसकेको छ’, सभापति देउवाले भने, ‘नेपालको विकासमा अमेरिकाले ग्राहायता दिएको छ । यसलाई अनुमोदन गरेर जानुपर्छ ।’

पार्टी सभापति देउवाले केन्द्रीय समितिको बहुमतले निर्णय गरेको पार्टीको महाधिवेशनको समय अब कुनै पनि हालतमा परिवर्तन नहुने जिकिर गरे । देउवाले असन्तुष्ट पक्ष पनि तोकिएकै मितिमा महाधिवेशन गर्न सहमत भइसकेको दावी गरे ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...