देउवाले भने सभामुख नेपाली कांग्रेसलाई दिनुस



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेकपालाई सभामुख चयन गर्न समस्या भए आफूहरु तयार रहेको बताएका छन् । उनले नेकपाभित्रको विवादले संसदलाई बन्धक बनाउन नपाइने भन्दै सभामुखमा सहमति जुटाउन नसक्ने भए आफूहरुलाई दिन आग्रह गरे ।

नेकपाभित्रको विवादले सभामुख चयन प्रक्रिया अवरुद्ध भएको छ, उहाँहरु मिल्दै, मिल्दैन भने हामी चलाइदिन्छौ सभामुख, तरसंसदलाई बन्धक बनाउन मिल्दैन’ उनले भने ।

उनले चाँडै सभामुखको उम्मेदवार चयन गरी संसद सञ्चालनको वातावरण बनाउन नेकपालाई आग्रह गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सत्तापक्षका नेताहरुबीचनै विवाद कायम रहेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई चाँडै संसदबाट अनुमोदन गर्नुपर्ने पनि बताए ।

‘हाम्रो पार्टीले एमसीसी अनुमोदन गर्ने भनेर पास गरिसकेको छ’, सभापति देउवाले भने, ‘नेपालको विकासमा अमेरिकाले ग्राहायता दिएको छ । यसलाई अनुमोदन गरेर जानुपर्छ ।’

पार्टी सभापति देउवाले केन्द्रीय समितिको बहुमतले निर्णय गरेको पार्टीको महाधिवेशनको समय अब कुनै पनि हालतमा परिवर्तन नहुने जिकिर गरे । देउवाले असन्तुष्ट पक्ष पनि तोकिएकै मितिमा महाधिवेशन गर्न सहमत भइसकेको दावी गरे ।

प्रतिक्रिया दिनुहोस
ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...