दाहाल–नेपालबीच गोप्य वार्ता, आउट भए नेम्वाङ



हाम्रो इकोनोमि

 

सभामुख चयनका विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद भइरहेका बेला अध्यक्ष पुष्पकमल दाहालले वरिष्ठ नेता माधवकुमार नेपालसँग गोप्य रुपमा भेटेका छन् ।

काठमाडौंको नयाँबानेश्वरस्थित एउटा होटेलमा आइतबार दाहाल र नेपालवीच गोप्य भेटवार्ता भएको उच्च स्रोतले जनाएको छ । पूर्वमाओवादी निकट एक नेताका अनुसार दाहाल र नेपालवीच सभामुखका विषयमा कुराकानी भएको थियो ।

सभामुखका विषयमा देखिएको विवाद र समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा नै उनीहरूका वीच परामर्श भएको स्रोतको भनाइ छ ।

उपसभामुख डा.शिवमाया तुम्बाहाङफेले राजीनामा दिन अस्वीकार गरेर हैरान बनाइरहेका बेला दाहाल र नेपालवीच भएको भेटवार्ताले सभामुख निर्वाचनमा सहयोग मिल्ने अनुमान नेताहरूको छ ।

दाहालले सहमतिअनुसार सभामुख पूर्वमाओवादी निकटको नेतालाई बनाउन पाउनुपर्ने बताउँदै आएका छन् । तर, प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी ओलीले पार्टी एकीकरण भइसकेको अवस्थामा पार्टीभित्रबाट जो बनेपनि हुने बताउने गरेको नेताहरूको भनाइ छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सभामुखमा सुवासचन्द्र नेम्वाङलाई अगाडि सारेका छन् । नेम्वाङका सम्बन्धमा दाहाल सकारात्मक छैनन् । पटक पटक सभामुख भइसकेका नेम्वाङले बखेडा निकालेको आरोप पूर्वमाओवादी नेताहरूको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...