दाहाल–नेपालबीच गोप्य वार्ता, आउट भए नेम्वाङ



हाम्रो इकोनोमि

 

सभामुख चयनका विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद भइरहेका बेला अध्यक्ष पुष्पकमल दाहालले वरिष्ठ नेता माधवकुमार नेपालसँग गोप्य रुपमा भेटेका छन् ।

काठमाडौंको नयाँबानेश्वरस्थित एउटा होटेलमा आइतबार दाहाल र नेपालवीच गोप्य भेटवार्ता भएको उच्च स्रोतले जनाएको छ । पूर्वमाओवादी निकट एक नेताका अनुसार दाहाल र नेपालवीच सभामुखका विषयमा कुराकानी भएको थियो ।

सभामुखका विषयमा देखिएको विवाद र समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा नै उनीहरूका वीच परामर्श भएको स्रोतको भनाइ छ ।

उपसभामुख डा.शिवमाया तुम्बाहाङफेले राजीनामा दिन अस्वीकार गरेर हैरान बनाइरहेका बेला दाहाल र नेपालवीच भएको भेटवार्ताले सभामुख निर्वाचनमा सहयोग मिल्ने अनुमान नेताहरूको छ ।

दाहालले सहमतिअनुसार सभामुख पूर्वमाओवादी निकटको नेतालाई बनाउन पाउनुपर्ने बताउँदै आएका छन् । तर, प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी ओलीले पार्टी एकीकरण भइसकेको अवस्थामा पार्टीभित्रबाट जो बनेपनि हुने बताउने गरेको नेताहरूको भनाइ छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सभामुखमा सुवासचन्द्र नेम्वाङलाई अगाडि सारेका छन् । नेम्वाङका सम्बन्धमा दाहाल सकारात्मक छैनन् । पटक पटक सभामुख भइसकेका नेम्वाङले बखेडा निकालेको आरोप पूर्वमाओवादी नेताहरूको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...