गंगबुबाट दिउँसै ४३ पुरुष र २५ युवती पक्राउ
नेपाल प्रहरीले यौन धन्दामा लागेका ७३ जनालाई काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरेको छ । गंगबुबाट अनैतिक यौन क्रियाकलापमा संलग्न ४३ पुरुष, २५ युवती र पाँच तेस्रोलिङ्गी रहेका छन् ।
नेपाल प्रहरीले मंगलवार दिउँसो नयाँ बसपार्क क्षेत्रका होटलमा छापा मारेको थियो । प्रहरीले छापा मारेपछि यौन क्रियाकलापममा लागेका ७३ जनालाई पक्राउ गरेको हो । पक्राउ गरिएका युवा र युवतीहरु अहिले पहरी हिरासतमा रहेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले नयाँ बसपार्क क्षेत्रका होटलहरुमा छापा मारेको थियो ।
नेपाल प्रहरीले नयाँ बसपार्क क्षेत्रका खाजाघर तथा रेस्टुरेन्टमा ‘स्विप अप्रेशन’ चलाइएको थियो । ‘बसपार्क क्षेत्रका होटलमा दिउँसै अनैतिक क्रियाकलाप हुने गरेको जनगुनासो बढ्न थालेपछि प्रहरीले सक्रियता बढाएको हो ।


