नेकपाले कम्बल बितरण गर्यो



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चिसोबाट पीडित गरिव, असहाय तथा जेष्ठ नागरिक परिवारलाई कम्बल बितरण गरेको छ ।

बाराको प्रसौनी गाउँपालिका वडा नं. ६ बेलहिया, वडा नं. ५ प्रस्टोकामा आज कम्बल वितरण गरिएको हो ।

तराई मधेसमा बढदै गएको चिसोबाट बच्नका लागि राहत स्वरुप कम्बल बितरण गरिएको नेकपा नेता सन्तोष साहले बताए ।

नेकपा बाराको आयोजनामा ५० भन्दा बढी गरिव, असहाय तथा जेष्ठ नागरिकका परिवारलाई कम्बल वितरण गरिएको छ ।

सो अवसरमा नेकपा बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ अनिल, सदस्य उमेश कुशवाहा, भागवती न्यौपाने, महेश विक, सन्तोष साह, प्रदिप साह, नरेश साह लगायतको बिशेष सहभागिता रहेको थियो ।

केही समय यता चिसो बढदै गएपछि गरिव, असहाय तथा जेष्ठ नागरिकहरुले बढी सास्ती खेप्नुपरेको छ । पीडित परिवारलाई राहत पुगोस भन्ने उदेश्यले नेकपाले कम्बल वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...